काठमाडौं : अब फेरि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुला हुने भएको छ । सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा फिर्ता लिएसँगै नेप्सेले पुनः आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुला राख्ने तयारी गरेको हो । नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्था अनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने छ ।
तथापि, यस विषयमा नेप्से सञ्चालक समितिले हालसम्म निर्णय भने नगरेको ती अधिकारीले नेपाली पैसालाई बताए । गत जेठ १ गतेदेखि सरकारले परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । असार १ गतेदेखि आइतबार सार्वजनिक बिदा हट्ने निर्णय सरकारले गरेको छ ।