आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेड (AKBSL) को शेयर कारोबार अढाई बर्षपछि पुर्ण सुचारु भएको छ। धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति भएपश्च्यात आँधिखोला लघुवित्तको मिति २०७६ साल पौष महिना देखि शेयर कारोबार रोक्का गरिएको थियो।
नेपाल स्टक एक्सचेंज (नेप्से) लाई मिति २०७९ साल जेष्ठ २४ गते प्राप्त पत्र अनुसार धितोपत्र कारोबार फुकुवा गर्न कुनै बाधा नरहेकाले आँधिखोला लघुवित्तको कारोबार खुल्ला गरिएको नेप्सेले जानकारी गराएको छ। नेप्सेले लघुवित्तको कारोबार निर्णयानुसार मिति २०७९ साल जेष्ठ २७ गतेबाट फुकुवा गराएको छ।