अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेबाट रु.१०० अंकित मुल्यको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर जारी गर्ने भएको छ।
कुल साधारण शेयरमध्ये ३५ हजार १५० कित्ता अर्थात २% कर्मचारीहरुलाई र ९७ हजार ८७५ कित्ता अर्थात ५% सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख २० हजार ४७५ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हाइड्रोको आव्हान पत्र उल्लेख गरिएको छ।
अप्पर सोलुको साधारण शेयरको बिक्री खुल्ला अवधि छिटोमा असार २३ गते बैंकिङ्ग समयसम्म रहने छ भने रितपुर्व आवेदन नआएमा सो निष्काशन श्रावण ०२ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
अझै २७ बर्ष विद्युत उत्पादन अनुमति पत्र बाँकी रहेको कम्पनीलाई इक्रा नेपाले “[ICRANP-IR]BB+” रेटिङ्ग प्रदान गरेको छ जसले वित्तिय दायित्व पुरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।
इच्छुक लगानीकर्ताहरुले कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखी अघिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।