असार १ गते देखि आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन बसेको १० औं दिनमा आज शुक्रबार उनले अनसन तोडेका हुन् ।
पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिकाे माग कार्यान्वयन गर्ने सम्झैता भएपछि अनसनरत काेइरालाले अनसन ताेडेका हुन् ।
शेयर बजार सुधार र विस्तारका लागि तिलक कोइरालाले असार १ गतेदेखि अनसनमा बस्दै आएका थिए । नेपाल धितोपत्र बोर्डका कार्यालय भित्र अनसन बस्न नदिएपछि उनले बाहिर बसेर अनसन सुरुवात गरेका थिए ।
कोइलालाले यसअघि पनि दुईपटक आमरण अनसन बसिसकेका छन् ।
सरकारले पूँजी बजारको संबेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले अन्तिम पटक आमरण अनसन बस्नु परेको उनको भनाई छ ।
समिति र बाेर्डबीच भएकाे सम्झाैता यस्ताे छ ।