अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म ८.१९ गुणा बढी आवेदन

– २०७९ असार २३

ग्लोबल आर्थिक

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेबाट १९,५७,५०० कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) आईपीओ निष्काशन गरेकोमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। हाइड्रोको आईपीओ निष्काशन आज बैंकिङ्ग समय पश्च्यात बन्द हुने भएको छ।

सर्वसाधारणका लागि खुल्ला गरिएको आईपीओमा सिडिएससी बाट प्राप्त जानकारी अनुसार आज असार २३ गते बिहान १०:०९ बजे सम्ममा १२ लाख ९४ हजार ३०६ जना आवेदकले १ करोड ४९ लाख ६ हजार ७४० कित्ताको लागि रु १ अर्ब ४९ करोड ६ लाख ७४ हजार बराबरको आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ८.१९ गुणा बढी हो। यस अनुसार १ लाख ८२ हजार ४२ जना आवेदकले १० कित्ताको दरले शेयर पाउने भएका छन् भने भाग्यशाली ०५ जनाले ११ कित्ताको दरले पाउने भएका छ। 

कम्पनीको जारी पूँजी रु.१,३५,००,००,००० (एक अर्ब पैतिस करोड मात्र) को २४.५ % अर्थात ३३,०७,५०० कित्ता साधारण शेयरमध्ये जारी पूँजीको १०% अर्थात रु.१३,५०,००,००० (तेह्र करोड पचास लाख रुपैंया मात्र) रकम बराबरको रु.१०० अंकित दरका १३,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकालागि बाँडफाँड गरी बाँकी रहेको जारी पूँजीको १४.५% अर्थात् रु.१९,५७,५०,००० रकम बराबरको रु.१०० अंकित दरका १९,५७,५०० कित्ता शेयरमध्ये ३९,१५० कित्ता (२ प्रतिशत) कम्पनीमा कार्यरत कर्मचारीहरुलाई र ९७,८७५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकि १८,२०,४७५ कित्ता साधारण शेयरहरुको धितोपत्र निष्काशन तथा बॉडफॉड निर्देशिका, २०७४ को अधिनमा रही सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको हो।

मागभन्दा बढी आवेदन परेको हुनाले इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता अवेदन दिए पुग्नेछ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%