श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले मिति २०७९ साल श्रावण ०४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीको जारी पूँजी रु १ अर्ब ५९ करोड ३० लाख को १५% ले हुने अर्थात प्रति कित्ता रु १०० अंकित दरका २३ लाख ८९ हजार ५०० कित्ता शेयर मध्ये ५% ले हुने अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो।
श्वेत-गंगा हाइड्रोपावरको शेयर निष्काशन श्रावण ८ गते बैंकिङ्ग समय पश्च्यात बन्द हुनेछ भने रितपुर्व आवेदन नआएमा सो निष्काशन श्रावण १८ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
हाइड्रोपावरको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।