आर्थिक सूचकहरु सुधारउन्मुख

– २०७९ असार २८

ग्लोबल आर्थिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कले आर्थिक वर्ष २०७८/७९ को जेष्ठ मसान्त सम्ममा विप्रेषण आप्रवाह ३.८% ले वृद्धि भई रु.९०४.१८ अर्ब कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६% ले बढेको थियो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा उलेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३ सय ६७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८% ले घटेको थियो।

मासिक तथ्याङ्कको तुलना गर्दा जेष्ठ महिनामा मात्र रु.९२.३९ अर्ब रेमिटेन्स भित्रिएको छ जुन चैत्र महिनामा भित्रिएको रु.९३.५५ अर्ब पछीको दोश्रो धेरै हो। माघ महिनामा भने चालु आ. व. कै न्युन रु.७३.१० अर्ब विप्रेषण आप्रवाह भएको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति चालु आ. व. मा पुन श्रम स्वीकृति सहित ५ लाख ७५ हजार नाघी सकेको छ जस अनुरुप आगामी महिनाहरुमा रेमिटेन्स बढ्ने देखिन्छ। आ. व. २०७३/७४ मा ६ लाख ४२ हजारले र आ. व. २०७४/७५ मा ६ लाख १२ हजार बढीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका थिए।

समिक्षा अवधिमा कुल वस्तु निर्यात ५३.३% ले वृद्धि भई रु.१८५.८४ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८% ले वृद्धि भएको थियो। यस्तै, वस्तु आयात तर्फ २७.५% ले वृद्धि भई रु.१,७६३.२२ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७% ले बढेको थियो।

निर्यातको अधिकांश हिस्सा Soyabean Oil (२५.१०%), Palm Oil (२१%), Polyster Yarn & Thread (४.७%), Woolen Carpet (४.६%), Jute Goods (३.७%), लगायतका वस्तुहरुको रहेको छ भने आयत तर्फ Petroleum Products (१६.६%), Transport Equipment, Vehicle & Other Vehicle Spare Parts (६.६%), Other Machinery & Parts (४.८%) Medicine (३.८%) Crude Soyabean Oil (३%) वस्तुहरु रहेका छन्।

यस्तै, चालु आर्थिक वर्षमा निरन्तर घाटामा रहेको शोधनान्तर स्थिति जेष्ठ मसान्तसम्म पनि घाटामा नै रहेको छ। समिक्षा अवधिमा शोधनान्तर स्थिति रु.२६९.८१ अर्बले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५.१५ अर्बले घाटामा रहेको थियो। अघिल्लो महिना सम्म रु.२८८.५० अर्ब घाटामा रहेको शोधनान्तर स्थिति जेष्ठ महिनामा भने सुधार भएको देखिएको छ।

२०७८ असार मसान्तमा रु.१,३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय संचिति १५.९% ले कमी आई २०७९ जेष्ठ मसान्तमा रु.१,१७६.८४ अर्ब कायम भएको छ जस मध्ये नेपाल राष्ट्र बैंकमा रु.१,०३१.८९ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रु.१५४.३९ अर्ब कायम रहेको छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय संचिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ जुन चालु आ. व. को मौद्रिक नितिको लक्ष्य बाहिर रहेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा वाह्य क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य लिएको थियो।

विदेशी विनिमय सञ्चिति वैशाख महिनामा रु.२१.०४ अर्बले घटेकोमा जेष्ठ महिनामा भने सुधार भएर रु.२९.९६ अर्बले बढेको छ जुन चालु आ. व. कै उच्च वृद्धि हो। गत असोज र माग महिनामा पनि क्रमश रु.१२.३७ अर्ब र रु.७.४० अर्बले वृद्धि भएको थियो भने बाँकी महिनाहरुमा घटेको थियो।

 त्यस्तै, उपभोक्ता मुद्रास्फीति औसत ६.५% भित्र सिमित राख्ने लक्ष्य लिएकोमा फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९% रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३% र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४% रहेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%