अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको बिषयमा चर्को विरोध भएपछि उनले असार २२ गते राजीनामा दिएका थिए। अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएपछि उनलाई पुनः अर्थमन्त्रीको जिम्मेबारी दिने तयारी भएको हो ।
आर्थिक वष २०७९÷८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषय बाहिर आएपछि अर्थमन्त्री जनार्दन शर्माको पार्टी भित्रै र बाहिर पनि आलोचना हुँदै आएको थियो ।
शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको आरोप लागेको थियो ।