काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्सालमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।
कम्पनीको आईपीओका लागि १६ लाख १० हजार ९ सय २६ जनाले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपियाँ बराबरको आवेदन परेको छ । इच्छुक लगानीकर्ताले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपियाँ बराबरको आईपीओ जारी गरेको थियो ।
कूल निष्काशन मध्ये ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५ सय २१ कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी बाँकी १० लाख ९३ हजार ७ सय ४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख ९ हजार ३ सय ६५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता आईपीओ पाउने छन् ।
उक्त कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ।