काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ५.४८% ले बढेर ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरणयोग्य नाफा भने ५४.२९% ले घटेर १९ करोड ८६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.२०% र सञ्चालन नाफा ४.७७% ले बढेको छ । यसको खराब कर्जा १.५०% बाट बढेर २.४५% भएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसाले घटेर २० रुपैयाँ ०८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ०३ पैसा छ ।