निरन्तर तेस्रो कारोबार दिन ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्दै

– २०७९ श्रावण २५

ग्लोबल आर्थिक

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ५.९१ अंक घटेर २०५६.८८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। पछिल्लो समय दैनिक औषतमा २ अर्बभन्दा बढीको शेयर कारोबार भइरहेको बजारमा यस दिन २१८ स्टकको ३६ हजार १३४ पटकको कारोबारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको ४६ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हालै मात्र सूचीकृत भइ कारोबारमा आएका कारण कम्पनीको शेयरमूल्य बढेको हो। सो कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ५० पैसा बढेर ३०३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

मर्जरपश्चात कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो इन्स्योरेन्सको शेयरमूल्य ५० रुपैयाँ ९८ पैसा घटेर ४५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहको परिसूचक ०.६९ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.५० प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%