काठमाडौं : सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, सी–आस्वालगायत सम्पूर्ण सेवा अधिकतम एक दिनका लागि बन्द हुने भएको छ । आज बिहीबार साँझ ५ः३० बजेदेखि अधिकतम एक दिनसम्म सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएसीले जानकारी गराएको छ । सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको छ ।