धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज भाद्र ०८ गते बुधबार निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाडौं स्थित कार्यालयमा बिहान १०:०० बजे सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ६५ हजार ९२६ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ६४ हजार ६४० जनाले आवेदन दिएकोमा १८ लाख ३३ हजार ७११ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा ३० हजार ९२४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने ५ जना भाग्यमानी आवेदकले ११ कित्ताको दरले पाएका छन्। लघुवित्तको आईपीओमा २ करोड ४ लाख ६१ हजार ८४० कित्ताको लागि रु २ अर्ब ४ करोड ६१ लाख ८४ हजार बराबरको आवेदन परेको थियो।