श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

– २०७९ भाद्र १५

ग्लोबल आर्थिक

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी हुने भएको छ। निष्काशन आज मिति २०७९ भाद्र १५ गते देखि १९ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७९ भाद्र २९ गते सम्म खुल्ला रहनेछ।  

कम्पनीको जारी पूँजी रु.१०,९३,७५,००० (अक्षेरुपी दश करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) को ३६ प्रतिशले हुन आउने रु.३,९३,७५,००० (अक्षेरुपी तीन करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,९३,७५० कित्ता साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.३८ प्रतिशतले हुने ५,४७० (जारी पूंजीको ०.५%) कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येको ५% अर्थात् १९,६९० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बांकी रहने ३,६८,५९० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशनमा आएको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

क्रेडिट रेटिङ्ग

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP BB- (Is)” ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने सम्बन्धमा औसत जोखिममा रहेको जनाउँदछ। केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP AAA(Is)” देखि “CARE-NP D(Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “CARE-NP AAA(Is)” ले (Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation) सकारात्मक आधार जनाउँछ भने “CARE-NP D(Is)” ले (Default or are Expected to be in Default soon) नकारात्मक आधारहरु जनाउँछ।

कम्पनीको परिचय                

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वसुलभ कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा रहेको विपन्न वर्गका मानिसहरुलाई स्वावलम्बनको भावनाबाट उत्प्रेरित गराई आय एवम् रोजगार मूलक कार्यक्रमहरु संचालन मार्फत् आर्थिक अवस्था सुधार गर्न सहयोग पुयाउने अभिप्रायले राष्ट्रिय स्तरमा कारोबार रहने गरी सिराहा जिल्लामा स्थापना भएको संस्था हो। लघुवित्त, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७५ फागुन ३ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी “घ”वर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७५ चैत्र १ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ।

विपन्न वर्ग एवं न्यून आय भएका व्यक्तिहरुमा स्वरोजगारीको अवसर सृजना गर्नका लागि लघुकर्जा र लघु बचतका माध्यमबाट आर्थिक एवं सामाजिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुलाई आर्थिक एवं सामाजिक रुपले सशक्त बनाउनुको सबै धितो नभएकै कारण वित्तीय सेवाबाट बञ्चित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई सामुहिक जमानीमा वित्तीय सेवा उपलब्ध गराई व्यवसायिकरणको विकास गर्ने र सामाजिक सचेतना बढाउने उद्देश्य रहेको लघुवित्तले १० वटा जिल्लामा रहेका ३३ वटा शाखा कार्यालय मार्फत ३८ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।

मुख्य उद्देश्यहरु:

  • वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बद्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने
  • कृषि, उद्योग, सेवा व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा वाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विसयमा गतिशीलता व्याउन सहयोग पुयाउने
  • उपलब्ध सिप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामिण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रवर्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुयाउने
  • वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पुरयाई देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग पुऱ्याउने,
  • देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वासनीयता अभिवृद्धि गर्न सहयोग पुयाउने

संचालक समीति

बैंक/ वित्तिय संस्था, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु द्वारा प्रवर्द्धन गरिएको लघुवित्तको संचालक समीतिको अध्यक्षता श्री श्री राज कुमार श्रेष्ठले गरेका छन् भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन। आई कम सम्म अध्ययन गरेका श्रेष्ठसँग उद्योग व्यापार क्षेत्रमा कारीब १० वर्षको कार्य अनुभव रहेको छ। यस्तै, कम्पनीको व्यवस्थापनको जिम्मा मिति प्रमुख कार्यकारी अधिकृत श्री श्री बटुक शमशेर श्रेष्ठले सम्हाल्दै आएका छन्।

 वित्तीय विश्लेषण

मिति २०७५ चैत्र १ गते देखि वित्तिय कारोबार सुरु गरेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेड हाल चौथो वर्षमा संचालित रहेको छ। यस अवधिमा लघुवित्त व्यवसायिक तथा वित्तिय रुपमा प्रतिस्पर्धात्मक हुँदै प्रमुख सूचकहरुमा राम्रो प्रगति गरेको छ। आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूंजी रु.७ करोड रहेको छ। राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले पुर्याउनु पर्ने न्युनतम चुक्ता पूंजी (रु.१० करोड) पुर्याउन तथा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाले आफ्नो कुल जारी पूंजीको कम्तीमा ३०% शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने प्रावधान रहेकोले हाल लघुवित्तले जारी पूंजीको ३६% ले हुन आउने रु.३.९३ करोड बराबरको शेयर सर्वसाधारण (कर्मचारी सहित) को लागि निष्काशन गर्ने प्रकृयामा रहेको छ। सार्वजनिक निष्काशन पश्च्यात लघुवित्तको शेयर पूंजी रु.१०.९३ करोड रहने छ। लघुवित्तमा अधिकांश लगानी श्रीजना सामुदायिक विकास केन्द्रको रहेको छ। संस्थाको कम्पनीमा ६६.७१% लगानी रहेको छ। यस्तै, एन आईसी एशिया बैंक लिमिटेड (१४.२९%), निभा श्रेष्ठ (१%), राज कुमार श्रेष्ठ (०.२९%), रेणुका कुमारी श्रेष्ठ (०.१४%) लगायत संस्थापकहरुको प्रमुख लगानी रहेको छ।  

आर्थिक वर्ष २०७८/७९ अनुसार, कम्पनीको जगेडा तथा कोषहरु रु.१८.३२ करोड रहेको छ जुन अघिल्लो आ. व. को तुलनामा २९.६५% ले बढी रहेको छ। जगेडा तथा कोष बढेसँगै कुल शेयरधनी कोष पनि बढेर रु.२५.३२ करोड कायम हुन आएको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात २६२% कायम रहेको छ। यस्तै, लघुवित्तले व्यवसाय तर्फ राम्रो प्रगति गरेको छ। अघिल्लो आ. व. सम्ममा कम्पनीले विभिन्न बैंक वित्तिय संस्थाहरुबाट रु.१.१६ अर्ब कर्जा सापट तथा ग्राहक सदस्यहरुबाट रु.८२.४५ करोड निक्षेप संकलन गरी कुल रु.१.९८ अर्ब पूंजी परिचालन गरी रु.२.२६ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो आ. व. को सोही अवधिको तुलनामा क्रमश १६.४८% र २४.२९% रहेको छ।

संचालनको छोटो अवधिमै राम्रो आय आर्जन गर्न सफल लघुवित्तले गत आ. व. मा मात्र रु.३२.५३ करोड व्याज आम्दानी गरेको छ जुन ३३% ले बढी रहेको छ। सोही अवधिमा लघुवित्तको खुद व्याज आम्दानी, कुल संचालन आम्दानी बढे पनि संचालन नाफा घटेकाले खुद नाफा भने घटेर रु.४.२५ करोड आर्जन गरेको छ।

यस्तै, प्राथमिक शेयर निष्काशन पश्च्यात कम्पनीको चुक्ता पूंजी रु.१०.९३ करोड पुग्नेछ भने आ. व. २०८१/८२ सम्म बढाएर रु.३० करोड पुर्याउने प्रक्षपण रहेको छ। आ. व. २०८१/८२ सम्ममा लघुवित्तले आफ्नो जगेडा तथा कोषहरु रु.१६.५७ करोड कायम हुने प्रक्षपण गरेको छ जुन चुक्ता पूंजीको ५५.२५% भन्दा धेरै हुनेछ। यस्तै, कम्पनीले बजारमा आफ्नो हिस्सा बढाउन र अन्य लघुवित्तसँग प्रतिस्पर्धा गर्न व्यवसायमा आक्रामक वृद्धिको रणनिति अपनाउने देखिन्छ।

योजना अनुसार लघुवित्तले आगामी ३ वर्षमा रु.१.२५ अर्ब निक्षेप र रु.२.०१ अर्ब कर्जा सापट गरी जम्मा रु.३.२६ अर्ब पूंजी संकलन गरेर रु.३.९५ अर्ब कर्जा प्रवाह गर्नेछ जसको सरदर वार्षिक वृद्धिदर करिब २०% भन्दा धेरै हुने देखिन्छ। आक्रामक व्यवसाय विस्तार गर्दै जादा आ. व. २०८१/८२ को अन्त्यमा रु.५९.८६ करोड व्याज आम्दानी गर्ने र खुद नाफामा गत आ. व. को तुलनामा १.३६ गुणा बढी रु.१०.०८ करोड आर्जन गर्ने लघुवित्तले लक्ष्य लिएको छ।

वित्तीय अनुपातहरु

आर्थिक वर्ष २०७८७९ मा नाफा घटे सँगै आ. व. २०७७/७८ मा रु.९३.९१ रहेको लघुवित्तको प्रति शेयर आम्दानी रु.६०.७८ कायम हुन आएको छ। यस्तै, प्रति शेयर किताबी मुल्य २०७७/७८ मा रु.३०१.९५ कायम रहेकोमा बढेर रु.३६१.८२ कायम हुन आएको छ। आईपिओ निष्काशन तथा पूंजी वृद्धि पश्च्यात शेयर संख्या बढ्ने भएकाले प्रति शेयर किताबी मुल्य र प्रति शेयर आम्दानी भने घट्ने देखिन्छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०८१/८२ मा प्रति शेयर आम्दानी बढेर रु.३३.६० र प्रति शेयर किताबी मुल्य रु.१५५.२५ कायम हुने देखिन्छ। यस्तै, कम्पनीको अन्य वित्तिय अनुपातहरु जस्तै पूंजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृय कर्जा अनुपात (NPL) नियामकिय मापदण्ड भित्र रहेको देखिन्छ जसले कम्पनीको वित्तिय जोखिम कम रहेको जनाउछ। वित्तिय रुपमा सवल र सुधार उन्मुख रहेको कम्पनी आउने केही वर्षहरुमा व्यवसाय विस्तारमा आक्रमक रुपमा लाग्ने देखिन्छ ।

यस्तै, जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात २६२% रहेको लघुवित्तको साधारण/वैधानिक जगेडा र चुक्ता पूंजीको अनुपात आ. व. २०७७/७८ अनुसार ८३.४९% रहेको छ। वैधानिक जगेडा चुक्ता पूंजीको २ गुणा अर्थात २००% नपुग्दा सम्म, खुद नाफा बाट २०% उक्त कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ। यस्तै, २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले आफ्नो प्राथमिक पूंजीको १०.३८ गुणा पूंजी परिचालन गरेको छ। नेपाल राष्ट्र बैंकले गरेको प्रावधान अनुसार लघुवित्त संस्थाहरुले ३० गुणा सम्म पूंजी परिचालन गर्न पाउने व्यवस्था रहेको छ।

हाल १० वटा जिल्लामा रहेका ३३ शाखा कार्यालयहरु बाट १६१ जना कर्मचारीहरु परिचालन गरी ३८ हजार बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने रु.३.३६ करोड बराबर रकम कर्जा प्रवाह गर्नमा र रु.५७.७५ लाख भौतिक पुर्वाधार तथा शाखा बिस्तार गर्नमा उपयोग गर्ने छ।

यस्तै, हालसालै निष्काशन भइरहेका प्राथमिक निष्काशन (IPO) मा लगानीकर्ताहरुको अत्याधिक आकर्षन देखिने गरेको छ। गएको ७ महिनामा मात्र २१ वटा कम्पनीहरुले आइपीओ निष्काशन गरेका थिए जसमा माग गरिएको भन्दा अत्याधिक धेरै २९४ गुणा सम्म आवेदन परेको थियो भने झन्डै २७ लाखले ३.३ करोड कित्ताको लागि समेत आवेदन दिएका थिए। यी निष्काशनहरुलाई आधार मन्दा आवेदकहरुले श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडमा पनि न्युनतम १० कित्ता शेयर पाउने देखिन्छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%