नेपाल स्टक एक्सचेञ्जको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ अन्तत : नेपाल धितोपत्र बोर्डले स्विकृत गरेको छ। लामो समयदेखी चर्चामा रहेको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि अब लागु हुने भएको छ।
नेप्सेले यसअघि बि.सं. २०७७ पुस ०१ मा तथ्यांङ्क सम्बन्धी कार्यविधि लागु गरेको थियो। तर, धितोपत्र बोर्डले तोकिएको शुल्कमा प्रश्न गरि सो कार्यविधिलाई अगाडि बढ्न दिएको थिएन। त्यसपश्च्यात, फेरी शुल्क परिमार्जन गरि पठाएको कार्यविधि बोर्डले स्वीकृत गरेको हो।
धितोपत्र बोर्डले स्वीकृत गरेको कार्यविधि छिट्टै नेप्सेको संचालक समितिको बैठक बसी प्रयोगमा ल्याइने सूचना अधिकारी मुरहरी पराजुलीले जानकारी गराउनु भएको छ।
नेप्सेको तथ्यांङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागु भएपश्च्यात विभिन्न सञ्चार माध्यम, इन्भेष्टमेन्ट कम्पनी, व्यापारिक प्रयोजनमा डाटा प्रयोग गर्ने संस्था, विश्लेषक, विद्यार्थी, आदिले यसको लाभ लिन सक्नेछन्। त्यसमा नेप्सेले केहि शुल्क लिगेर डाटा वितरण गर्नेछ।
यसअघि, नेपाल धितोपत्र बोर्डले अनुमती बिना तथ्यांङ्क ननिकाल्न भनि प्रेस विज्ञप्ति समेत जारी गरेको थियो।