नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार भने सुन सस्तिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा झरेको थियो ।
चाँदीको मूल्य भने बुधबार गिरावट भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
निरन्तर चौथो दिन चाँदीको मूल्य ओरालो लागेको हो । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।