प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेस वीपीका नेता कर्ण मल्लले देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
मल्लकाे उजुरीमा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्म मिति फरक रहेको उल्लेख छ ।
देउवाको नागरिकतामा जन्म मिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने मिति ३१ जेठ २००२ लेखिएको छ ।
जन्म मिति फरक परेको भन्दै मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा देउवाको उम्मेदवारी खारेजीको माग गरिएकाे छ ।