पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

– २०७९ आश्विन २४

ग्लोबल आर्थिक

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताउनुभएको छ ।विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उहाँले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताउनुभयो ।

आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताउनुभयो । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताउनुभयो ।

आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । उहाँले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पार्नुभयो ।

नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने  उहाँले उल्लेख गर्दै उहाँले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताउनुभयो । पेट्रोलियम पदार्थको विकल्पका रुपमा मात्रै ग्रीन हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने पनि ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ । उहाँले समिटबाट प्राप्त हुने सुझावलाई सरकारले ग्रहण गर्ने र नीति निर्माणको तहमा समावेश गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले नेपालमा यससम्बन्धी कामको थालती गर्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै त्यसका लागि सरकारको तर्फबाट विशेष सहयोग रहने बताउनुभयो । विश्वभर नै ग्रीन हाइड्रोजनका बारेमा छलफल मात्रै शुरु नभई लगानी र ऊर्जाको वैकल्पिक स्रोतका रुपमा उपयोग हुन थालेको तथ्य पेश गर्दै उहाँले यसमा प्रक्रिया अगाडि बढाउन ढिला भइसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारको तर्फबाट यस कार्यका लागि महत्वपूर्ण सहयोग रहने र केही कठिनाइ भए प्रधानमन्त्रीसँग छलफल गरेरै भए पनि गाँठो फुकाउने विश्वास दिलाउनुभयो । 

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%