नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले आर्थिक बर्ष २०७८/७९ को वितरण योग्य रकमबाट शेयरधनीलाई ११% लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २९ गते, शनिवार अपरान्ह ४:०० बजे बसेको संचालक समितिको ९१०औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
एनसिसी बैंकले आर्थिक बर्ष २०७८/७९ को वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी रु ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ को ३.३६६३ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख बराबरको बोनस शेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६४ हजार ५८२ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई अगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपश्च्यात वितरण गरिनेछ। हाल एनसिसी बैंक र कुमारी बैंक बिच मर्जरको प्रकृया अगाडि बढेसँगै बैंकको दोश्रो बजारमा कारोबार बन्द रहेको छ।