धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको प्राथमिक साधारण (आईपीओ) शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरिएको छ।
आज कार्तिक ०३ गते धौलागिरी लघुवित्त र नेप्सेका बीच प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु १०० कायम भएको १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकरण सम्बन्धी सम्झौता सम्पन्न भएपश्च्यात लघुवित्तको शेयर सूचीकृत भएको हो।
धौलागिरी लघुवित्तले सनराइज क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो।
यसरी, लघुवित्तद्वारा सर्वसाधारण लगानीकर्ताहरुमा वितरण गरिएको ३ लाख ३१ हजार कित्ता (३२.१०५%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता (६७.८९५%) शेयर (धितोपत्र) समेत गरी जम्मा १० लाख ३१ हजार (१००%) कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको छ।
धौलागिरी लघुवित्तको शेयरलाई “DLBS” सिम्बोल प्रदान गरिएको छ भने कम्पनीको शेयरको प्रथम कारोबार मुल्य अर्थात ओपनिङ्ग रेन्ज रु १४८.६६ देखी रु ४४५.९८ कायम गरिएको छ।