राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा त्रैमासिकमा ८८ अर्ब र चौंथोमा त्रैमासिकमा एक खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने केन्द्रीय बैंकले जनाएको छ ।