बजारमा दोहोरो अंकको बढोत्तरी

– २०७९ कार्तिक २८

ग्लोबल आर्थिक

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज २१.२६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०४.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.५ अंकले बढेर ३७५.०३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्य राजन लम्साल बजार आज रिबाउन्स भएको बताउँछन्। ‘बजार धेरै घटेकोले आज बढेको हो’, उनले भने।

निर्वाचनपछि केही न केही हुन्छ भन्ने लगानीकर्तामा विश्वास बढेको लम्साल बताउँछन्। ‘बजारले पनि बढ्नका लागि केही गुड न्युज खोजिरहेको देखिन्छ’, उनले भने, ‘त्यसैले बजार घट्न मानेको छैन।’

बजार जानकार वीरेन्द्र बिष्ट राष्ट्र बैंकले मौद्रिक नीतिमा पहिलो त्रैमासको समीक्षामार्फत केही फेरबदल गर्न सक्ने संकेतले बजारमा हरियाली छाएको बताउँछन्। ‘पहिलो त्रैमासिक समीक्षामा केही न केही बजारअनुकूल नीति आउन सक्छ’, उनले भने, ‘ब्याजदर पनि नबढ्न सक्छ, बरु घट्ने सम्भावना छ।’

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.१३ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.७१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा २.२० प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२७ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशत, लगानी समूहमा १.३९ प्रतिशत, जीवन बीमा समूहमा १.३२ प्रतिशत, लघुवित्त समूहमा ०.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२४ प्रतिशत, अन्य समूहमा २.३३ प्रतिशत र व्यापार समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%