काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको १५.७९% लाभांश सुरक्षित गर्ने आज बुधबार (मंसिर ७ गते) अन्तिम दिन हो । लाभांश प्रस्तावसहित यस इन्सुरेन्सले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले बिहीबार (मंसिर ८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा आर्थिक वर्ष २०७७–२०७८ को नाफाबाट १५% बोनस र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, २०७७–७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।