कर्णालीको बजेट करिब ३४ अर्ब : एकतिहाइ स्रोत चालु आवको खर्च हुन नसकेको रकम

– २०७७ असार १

ग्लोबल आर्थिक

काठमाडौं । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको बताए । जुन कुल विनियोजित बजेटको ५७ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । जुन विनियोजित बजेटको ३४ प्रतिशत हो । वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ । जुन विनियोजित बजेटको ९ प्रतिशत हो ।

उनले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए । यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो ।

बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

स्रोत व्यवस्थापन

करिब ३४ अर्बको बजेट प्रस्तुत गरेको आर्थिक मामिलामन्त्री ज्वालाले स्रोत व्यवस्थापनमा सबैभन्दा हिस्सा नै चालु आबमा खर्च हुन नसकेको बजेट हुने उल्लेख गरे । प्रदेश सरकारको स्रोत व्यवस्थापन तर्फ ११ अर्ब १९ करोड ९ लाख ८५ हजार चालु आर्थिक वर्षमा खर्च नभएको रकम, ३० करोड ६ लाख ४३ हजार आन्तरिक राजश्वबाट, ७ अर्ब ३९ करोड ५६ लाख संघीय सरकारको राजश्व बाँडफाँड, ९ अर्ब ६३ करोड २९ लाख वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन हुने मन्त्री ज्वालाले जानकारी दिए ।

यस्तै ४ अर्ब ४९ करोड ११ लाख सर्शत अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान, ४६ करोड विशेष अनुदान र १ करोड ७६ लाख वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने स्रोतमा कटौती हुँदा र कोभिड १९ रोकथाम र नियान्त्रण तथा रोजगारी सिर्जनामा बजेट बढाउनुपर्ने अवस्थाले गर्दा चालु खर्च र प्रशासनिक खर्च कटौती गरेको उनले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%