रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

– २०७७ असार ११

ग्लोबल आर्थिक

काठमाडौं- रुकुम पश्चिममा  ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतले मुद्दा पूर्पक्षका लागि वडाध्यक्ष डम्बर बहादुर मल्लसहित २३ जनालाई कारागार पठाउने आदेश गरेको छ।

छ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो।।

त्यसअघि शुक्रबारदेखि सुरु भएको बहसमा  पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए। थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। अदालतसँग पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिन विकल्प थियो।

जिल्ला  सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ। २० जनाविरुद्ध किटानी जाहेरी परेको भएपनि अनुसन्धानमा थप १४ जनाको पनि संलग्नता खुलेको प्रहरीको भनाई छ।

प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको थियो।

वडाध्यक्ष डम्बर बहादुर मल्ल, प्रेमिका भनिएकी युवतीका दाई सन्तोष मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी,  मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद भल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल र रेशमबहादुर मल्ललाई प्रतिवादी बनाइएको थियो।

यस्तै विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द, भीमबहादुर पुनलाई प्रतिवादी बनाइएको थियो। २ नाबालकसहित पाँच जनाको नाम भने गोप्य राखिएको छ। प्रतिवादीमध्ये २१ जनाविरुद्ध जन्मकैद सजाय माग गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%