कुमारी क्यापिटल लिमिटेडबाट असी करोडको कुमारी ईक्वीटी फण्ड निष्काशन गरिने ।

– २०७७ फाल्गुन ५

ग्लोबल आर्थिक

फागुन ०५ काठमार्डाैं ।
कुमारी क्यापिटल लि. द्धारा व्यवस्थापन तथा  कमारी बैंक लि. द्धारा प्रवद्धन गरिएको १० बर्षे बन्दमुखि योजना रहेको रु १० अकिंत दरको ८,००,००,००० इकाई (आठ करोड) इकाइको कुमारी ईक्वीटी फण्ड मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक श्री कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६,८०,००,००० (छ करोड असी लाख) इकाई मिति २०७७ फागुन १४ गते शुक्रबार देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्रि खुल्ला गरिनेछ । योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटल लि. ले इक्रा नेपालबाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना श्री सुर्य प्रसाद कोइराला, श्री भरत राज पोखरेल, श्री कृष्ण प्रसाद ज्ञवाली, श्री नवराज बर्लाकोटी र श्री प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिबेक्षणमा संचालन हनुेछ ।
योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरण पश्चात) सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।
लाभांश र पूँजी वृद्धि समेत गरी औषत प्रतिफल  २२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरी धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिनेछ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोस्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस.एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोवार गरिने छ ।
यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा (ASBA) प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्यूनतम १,०० इकाई र अधिकतम ८०,००,००० इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले मिति २०७७ फागुन १४ गते देखि अन्तिम मिति २०७७ फागुन २८ गते सम्म आवेदन दिने ब्यवस्था गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसबाट लगानीकर्तामा थप उत्साह थपिने आशा गरिएको छ । साथै लगानीको लागि तयार रहन समेत आग्रह गरिएको छ ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%