आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण भएसँगै साउन ३ गते देखि याे व्यवस्था धिताेपत्र दाेश्राे बजारमा पनि लागू भइसकेकाे छ ।
यो व्यवस्थालाई कार्यान्वयन गर्न सिडिएससीले ‘मेरो सेयर’ मा “My Holding” भन्ने नयाँ फिचर थपेकाे छ । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My Holdings भन्ने अप्सन थप गरिएको छ ।
अझै पनि कतिपय लगानीकर्ताहरूलाई कसरी ईडिआईएस गर्ने भनेर थाहाँ छैन। My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ ।
यसैगरी, मर्जर वा प्राप्तिमा गएको सेयर हाे भए User Defined Merger File मा थिचेर मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिनेछ । त्यसपश्चात् अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नुपर्ने हुन्छ । यती गरेपछि ट्रान्सफर सेयरमा क्लिक गरि सेयर ट्रान्सफर गर्न सकिन्छ ।
साउनदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
ईडिआईएस कसरी गर्ने ?
नयाँ व्यवस्था लागू भएसँगै अबदेखि लगानीकर्ताले सेयर बिक्री गरेपछि EDIS गर्ने बेलामा वेटेड एभरेज गणनासँगै स्वामित्वमा रहेको सेयरको अल्पकालीन तथा दीर्घकालीन समयावधि पनि छुट्याउनु पर्दछ । यसका लागि तलकाे प्रक्रियाहरु हेर्नुहाेस् :
क. आफ्नो स्वामित्वमा रहेको धितोपत्रको स्वामित्व अवधि गणना गर्नका लागि ‘My Purchase Source’ अप्सनमा Click गर्नुहोस् र त्यसभित्र रहेको ‘My Holdings’ मा क्लिक गर्नुुहोस् ।
ख. ‘My Holdings’ मा आफूले बिक्री गरेको प्रत्येक सेयर छनाेट गरी ‘Search’ थिच्नुहोस् ।
ग. Search गरिसकेपछि तपाईको स्वामित्वमा रहेको सेयर संख्या बराबरको कारोबार विवरण Display हुन्छ । त्यसमा System ले ३६५ दिनभन्दा पुरानो सेयरलाई दीर्घकालीन (long Term) मानेर ‘LT’ र ३६५ दिनभन्दा कम अवधिका नयाँ सेयरलाई अल्पकालीन (Short Term) मानेर ‘ST’ संकेत देखाउँछ । यस सिस्टममा रहेको सबै सेयरलाई सेलेक्ट गरी ‘Proceed’ बटन क्लिक गर्नुपर्दछ ।
घ. System ले दिएको विवरण अनुसारको होल्डिङ अवधिमा असहमति भएमा ‘User Defined Holding Days’ अप्सन मार्फत आफैं विवरण पेश गर्न सकिनेछ । तर, ‘रिमार्कस्’ मा आफूले होल्ड गरेको वास्तविक समयावधिको प्रमाण पेश गर्नुपर्दछ । यति गरिसकेपछि ‘Proceed’ Button थिच्नुपर्दछ ।
ङ. यदि तपाईंको स्वामित्वमा रहेको सेयर मर्जर एक्विजिसनमा गएको कारण कर छुट हुने समयावधिमा छ भने ‘User Defined Merger Flag’ सेलेक्ट गरी ‘Remarks’ मा खुलाउनु पर्दछ । त्यसपछि ‘Proceed’ बटनमा क्लिक गर्नुहोस् ।
च. त्यसपछि सहमति जनाउने Check Box सेलेक्ट गरी अपडेट बटनमा क्लिक गर्नुहोस् । यसरी तपाईंको सेयर अल्पकालीन तथा दीर्घकालीनमा विभाजन हुन्छ ।
छ. यसरी आफ्नो स्वामित्वमा रहेको धितोपत्रको समयावधि विभाजन गरिसकेपछि पुनः ‘My EDIS’ मा क्लिक गरी ‘Transfer Share’ मा क्लिक गर्नुहोस् ।
ज. Settelement ID सँगै रहेको View Details मा क्लिक गरी बिक्री कारोबारलाई Select गरी Proceed गर्नुहोस् । त्यसपछि तपाईंले बिक्री गरेको सेयरलाई मर्जर एक्विजिसनका कारण कर छुट हुने, दीर्घकालीन र अल्पकालीन स्वामित्वमा रहेको संख्यामा बाँडफाँट गरिन्छ । त्यसपछि EDIS का लागि Confirm गर्नुहोस् ।
झ. यस विधि अनुसार अपटेड गरेको विवरण तपाईंको राफसाफ सदस्यलाई प्राप्त हुन्छ । साेही विवरण अनुसार राफसाफ सदस्यले तपाईंको कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नेछन् ।