स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ८ सय २९ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार ८ सय ५५ जनामा र एन्टिजेन विधिबाट ८ सय ५९ जनामा गरि कूल २ हजार ७ सय १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८८ जना निकाे भएर घर फर्किएका छन् ।
High News Hub मा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला ।