एनआईसी एशिया बैंक २४औँ वर्षमा प्रवेश, १०० काे लगानी १३ हजार नाघ्याे

– २०७८ श्रावण ८

ग्लोबल आर्थिक

एनआईसी एशिया बैंक लिमिटेड २४औँ वर्षमा प्रवेश गरेकाे छ । २४ वर्ष अघि आजकै दिनमा सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ बैंक सुरू भएकाे थियाे ।

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएकाे छ । 

२४ वर्षसम्ममा आइपुग्दा बैंकले मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकहरू माझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएकाे छ ।

साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनीहरुको Optimum Wealth Maximization गरी लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न बैंक सफल भएकाे छ । सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ । जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न बैंक सफल भएकाे छ ।

बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी यस बैंकले ग्राहकहरू समक्ष सहज एवं गतिशीत माध्यमबाट विश्वसनीय तथा ग्राहकमैत्री सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आइरहेका छौं । हामीले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरुप Covid-19 बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न हामी सफल भएका छौं । कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो । आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएकाे छ । 

२४ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आफ्ना ग्राहकहरू माझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएकाे छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी POS तथा e-Commerce मा भुक्तानी गर्दा तथा एन आई सी एशिया मोबैंक मार्फत QR स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिनेछ । वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एन आई सी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकहरूले यस सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाल Digital First को रणनीति अङ्गीकार गर्दै  डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै हामीले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help तथा Life Style बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेकाे छ । बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई बैंक अघि बढेकाे छ ।60f90b6870133.jpg

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%