२२ कम्पनीले १५ अर्ब बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाए

– २०७८ श्रावण १०

ग्लोबल आर्थिक

पछिल्लो समय नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताहरु भित्रने क्रम दिनहुँ बढ्न थालेको छ । त्यसमा पनि साधारण सेयर (आईपीओ) लगानीकर्ताहरुको ओइरो लाग्न थालेको छ ।  पछिल्लो समय सेयर पाउँन भाग्यकै भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।  अहिले एउटा कम्पनीको आईपीओमा २२ लाखसम्मले आवेदन दिन थालेका छन् । 

हामी नयाँ आर्थिक वर्ष २०७८/७९ मा प्रवेश गरिसकेका छौं । गत आर्थिक वर्ष २०७७/७८ मा नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न २२ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । 

बोर्डले विभिन्न २२ कम्पनीलाई १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको कुल १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

बोर्डले अनुमति दिएको २२ कम्पनीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् । जसमा ८ वटा हाइड्रोपावर, ७ वटा इन्स्योरेन्स कम्पनी, ५ वटा माइक्रोफाइनान्स, एउटा बैंकिङ र एउटा अन्य क्षेत्र रहेका छन् । 

गत आर्थिक वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी आईपीओ निष्कासन गरेको थियो भने समाज लघुवित्तले सबैभन्दा कम आईपीओ निष्कासन गरेको थियो । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । बैंकको आईपीओमा आवेदन दिने योग्य आवेदन कसैको हात खालि रहेन । समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको छ । 

गत आर्थिक वर्षमा सबैभन्दा पहिला बोर्डको अनुमति पाउने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ भने मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स र सामलिङ्ग पावर कम्पनीले आर्थिक वर्षको अन्तिम दिन स्वीकृति पाएका हुन् । 

गत आर्थिक वर्षको अन्तिम दिन आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृती पाएका सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीले भने अझै निष्कासन मिति तय गरेका छैनन् । 

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका निष्कासन तथा बिक्री गरिसकेपछि कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । मध्ये भोटेकोशी जलविद्युतले पनि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आईपीओ बिक्री गरिरहेको छ । कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । सो आईपीओ बाँडफाँट गरिसकेपश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासनको मिति तय गरिसकेको छ कम्पनीले साउन १४ गतेबाट आईपीओ निष्कासन गर्दैछ । 

त्यसैगरी, बाँकी १६ कम्पनीले भने आईपीओ निष्कासन गरिसकेका छन् । जसमध्ये, ३ कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबार हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको अन्तीम महिना असारमा सर्वसाधारणमा आईपीओ बिक्री गरेका जीवन लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको साधारण सेयर आईपीओ भने धितोपत्र दोश्रो बजारमा कारोबार हुन बाँकी रहेको छ । नेप्सेमा सूचिकृत भएपश्चात यी कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  अन्य कम्पनीको सेयर भने दोस्रो बजारमा कारोबारमा आईसकेको छ ।

यी हुन् गत आर्थिक वर्षमा बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति प्राप्त गरेका कम्पनीहरु :- 60fb9acd23d78.jpg

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%