काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२५ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २ हजार २७९ जना र एन्टिजन परिक्षण गर्दा ८४६ जना गरि जम्मा ३ हजार १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ जना रहेको छ । संक्रमित मध्ये ६ लाख ५८ हजार १२२ जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेकाे छ ।