नेपालमा रहेका विभिन्न फाइनान्स कम्पनीहरुले नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ व्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले निक्षेपतर्फ बचत, कल डिपोजिटतर्फ, विभिन्न लोनहरुको व्याजदर सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् कुन फाइनान्सको कति व्याजदर
नेपाल फाइनान्स लिमिटेड
नेपाल फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको निक्षेपतर्फ बचत खातामा ६ देखि ६.७५ प्रतिशत र कल डिपोजिटमा ३ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ । यस्तै मुद्दती खातामा पनि नयाँ व्याजदर निर्धारण गरिएको छ । फाइनान्सले साउन १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
फिक्स डिपोजिटतर्फ फाइनन्सले व्यक्तिगत खातातर्फ ३ महिनाको ७.५० प्रतिशत व्याजदर कायम गरेको छ । ६ महिनाको फिक्स डिपोजिटमा ७.७५ प्रतिशत व्याजदर, एक वर्षका लागि ८.२५ प्रतिशत, एक वर्ष देखि २ वर्षसम्मका लागि ९.२५ प्रतिशत र दुई वर्ष भन्दा माथिका लागि ९.५० प्रतिशत व्याजदर तोकेको छ । यस्तै संस्थागततर्फ एक वर्षका लागि ७.७५ प्रतिशत, एक वर्ष देखि दुई वर्षसम्मका लागि ८.२५ प्रतिशत, दुई वर्षदेखिमाथिमा ८.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
गुडविल फाइनान्स लिमिटेड
गुडविल फाइनान्स लिमिटेडले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको निक्षेपतर्फ बचत खातामा ४.५० देखि ६ प्रतिशत र कल डिपोजिटमा २.२५ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ । फिक्स डिपोजिटमा व्यक्तिगततर्फ ३ देखि ९ महिनामा ५ देखि ८ प्रतिशत, १ वर्षसम्म ८.५० प्रतिशत, संस्थागततर्फ १ वर्षसम्मको ८ प्रतिशत, २ वर्षसम्म ९ प्रतिशत(व्यक्तिगत), २ वर्षसम्म संस्थागत ८.२५ प्रतिशत तोकेको छ । कृषि लोनमा ५ प्रतिशत, शैक्षिक कोलनमा ५ प्रतिशत, सुनको लोनमा ५ प्रतिशत, भाडा खरिद लोनमा ५ प्रतिशत, हाउजिङ लोनमा ५ प्रतिशत, जिएफआइएल को फिक्स डिपोजिटमा ३ प्रतिशत तोकेका छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड
समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि इजी सेभिङ अकाउन्टमा ७ प्रतिशत व्याजदर तोकेका छ । यस्तै समृद्धि सुपर सेभिङ अकाउन्टमा ७.२५ प्रतिशत तोकेको छ । समृद्धि हाइ इल्ड सेभिङ एकाउन्टमा २.२५ प्रतिशत, समृद्धि गृहलक्ष्मी सेभिङ अकाउन्टमा ७.२५ प्रतिशत, समृद्धि ५५ प्लस सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि शेयर निक्षेप सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि अन डिमान्ड अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि शेयर होल्डर अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि स्टाफ सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि स्यालरि सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि नर्मल सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि चिल्ड्रेन सेभिङ अकाउन्टमा ६.५० प्रतिशत, समृद्धि स्टुडेन्ट सेभिङ अकाउन्टमा ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै समृद्धि कल अकाउन्टमा ०.५ प्रतिशत देखि ३.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
समृद्धि निक्षेपमा ३ महिनादेखि १ वर्षसम्म व्यक्तिगततर्फ ८.७५ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, मुद्धती निष्ोप १ वर्षदेखि २ वर्षसम्म व्यक्तिगत ९ र संस्थागततर्फ ८.२५ प्रतिशत र मुद्धती निष्ौप २ वर्षदेखि ३ वर्षसम्म व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत व्याजदर कायम गरिएको छ । रिकरिङ मुद्धतीमा ९ प्रतिशत तोकिएको छ ।
बेष्ट फाइनान्स कम्पनी
बेष्ट फाइनान्स लिमिटेडले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको निक्षेपतर्फ बचत खातामा ४.७५ देखि ६.२५ प्रतिशत र कल डिपोजिटमा २.३७ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ । यस्तै कल डिपोजिटमा २.३७ प्रतिशत माथि व्याजदर कायम गरेको छ । फिक्स डिपोजिटतर्फ ३ महिनासम्मको व्यक्तिगत ७.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । ६ महिनासम्मको व्यक्तिगत ७.७५ प्रतिशत, संस्थागत ७.५० प्रतिशत, ९ महिनासम्मको व्यक्तिगततर्फ ८ प्रतिशत, संस्थागततर्फ ७.५० प्रतिशत कायम गरेको छ । १ देखि २ वर्षसम्म व्यक्तिगततर्फ ८.५० प्रतिशत, संस्थागततर्फ ७.७५ प्रतिशत, दुई वर्ष माथि ३ वर्षसम्म व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र ३ वर्षमाथि व्यक्तिगततर्फ ९.२५ प्रतिशत व्याजदर कायम गरेको छ ।
जानकी फाइनान्स कम्पनी लिमिटेड
जानकी फाइनान्स लिमिटेडले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले ३ महिने मुद्धती ताखामा ८ प्रतिशत, कर्जातर्फ घरनिर्माण ५.३९ र ७.३९ प्रतिशत तोकेको छ ।
६ महिने मुद्धती खातामा ८.२५ प्रतिशत र कर्जातर्फ हायर पर्चेजमा ५.३९ प्रतिशत देखि ७.३९ प्रतिशतसम्म तोकेको छ । ९ महिने मुद्धती खातामा ८.५० प्रतिशत, व्यक्तिगत कर्जातर्फ ५.३९ देखि ७.३९ प्रतिशतसम्म तोकेको छ । एक वर्षे मुद्धति खातामा ९ प्रतिशत, कर्जातर्फ ५.३९ प्रतिशत देखि ७.३९ प्रतिशतसम्म तोकेको छ ।
१ वर्षे मुद्धती खातामा ९.२५ प्रतिशत र कर्जातर्फ ५.३९ प्रतिशत देखि ७.३९ प्रतिशतसम्म व्याजदर तोकेको छ । २ वर्षे मुद्धती खातामा निक्षेपतर्फ ९ प्रतिशत, कर्जातर्फ ४.३९ प्रतिशत देखि ६.३९ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
३ वर्षे मुद्धती खातामा निक्षेपतर्फ ९ प्रतिशत कर्जातर्फ ३.३९ प्रतिशत तोकेको छ । १ देखि ३ वर्षे संस्थागत मुद्धतीमा ८ प्रतिशत र कर्जातर्फ ४.३९ देखि ६.३९ प्रतिशतसम्म तोकेको छ ।
साधारण बचत खातामा निक्षेपतर्फ ५.५० प्रतिशत र कर्जातर्फ ४.३९ देखि ६.३९ प्रतिशतसम्म तोकेको छ । गृहणी बचत खातामा ५.७५ निक्षेपतर्फ र कर्जातर्फ ४.३९ देखि ६.३९ प्रतिशत व्याजदर तोकेको छ । जानकी बचतमा ६ प्रतिशत(५० हजार विपन्न वर्गा न्यूनतम मौज्दात) र कर्जातर्फ ३.३९ प्रतिशत तोकेको छ । सामाजिक सुरक्षा बचत खातामा ५.५० प्रतिशत, नागरिक बचत खातामा ५.५० प्रतिशत र जेष्ठ नागरक बचत खातामामा ५.७५ प्रतिशत तोकेको छ ।
गोर्खाज फाइनान्स लि.
गोर्खाज फाइनान्स लि.ले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको सेभिङ डिपोजिटमा ५ हजार सम्मको व्यालेन्समा ६.५० प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ । बाल बचतमा ६ प्रतिशत व्याजदर तोकेको छ । नारी बचतमा ६.५० प्रतिशत, जेष्ठ नागरिक बचतमा ६.५०, गोरखा पेन्सन सेभिङमा ६.५० प्रतिशत, सेयर होल्डर सेभिङमा ६.५० प्रतिशत, पाइरल सेभिङमा ६ प्रतिशत, सेगुलर सेभिङमा ६ प्रतिशत र रेमिट्यान्स सेभिङमा ६ प्रतिशत, कप्पल सेभिङमा ६ प्रतिशत, उइल फिएर सेभिङमा ६ प्रतिशत र स्टुडेन्ट सेभिङमा ६ प्रतिशत व्याजदर तोकेको छ ।
लोन तर्फ होम लोन ५ प्रतिशत, ट्रम लोन, सेयर लोन, गोल्ड लोन, विजनेश, वकिङ क्यापिटल लोन, एग्रिकल्चर, एसएमइ, इजुकेशन लोन, हायर पर्चेज, पर्सनल लोन र प्रोपेसनल लोन तर्फ ५, ५ प्रतिशत व्याजदर तोकिएको छ ।
फिक्सतर्फ होम लोन ५ वर्षसम्मका १४.५ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १५ प्रतिशत, १० वर्षमाथि १५.५ प्रतिशत र अटो लोन, एचपी लोन तर्फ १४.५ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १५ प्रतिशत तोकिएको छ ।
मञ्जुश्री फाइनान्स मञ्जुश्री फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको नर्मल सेभिङमा ६ प्रतिशत, नारी सेभिङ डिपोजिटमा ६.२५ प्रतिशत, बाल बचतमा ६.२५, विशेष बचतमा ६.५० प्रतिशत व्यजदर तोकेको छ । यस्तै फिक्स डिपोजिटमा पनि नयाँ व्याजदर तोकेको छ । ३ देखि २३ महिना व्यक्तिगततर्फ ८.५० प्रतिशत, संस्थागततर्फ ८ प्रतिशत व्याजदर तोकेको छ । २ वर्षदेखि माथि व्यक्तिगत ८.७५ प्रतिशत र संस्थागतर्फ ८.२५ प्रतिशत व्याजदर तोकेको छ ।
पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्स लिमिटेडले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फिक्स डिपोजिटतर्फ ९० दिन व्यक्तिगततर्फ ७ प्रतिशत, १८० दिनका लागि ७.५० प्रतिशत, २७० दिनका लागि व्यक्तिगत ७.७५ प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर तोकिएको छ ।
शेयरतर्फ ३ प्रतिशत, सामाजिक सुरक्षा बचत ३ प्रतिशत, बाल बचत ३ प्रतिशत तोकिएको छ । कर्मचारी बचतमा ३.५० प्रतिशत, तलब बचतमा ३.५० प्रतिशत, नारी बचतमा ३.५० प्रतिशत, जेष्ठ नागरिक बचतमा ३.५० प्रतिशत तोकिएको छ । कल डिपोजिटमा १.५० प्रतिशत व्याजदर तोकिएको छ ।
होम लोनमा ५ वर्षसम्म १२.५० प्रतिशत, ५ देखि १० वर्ष १३ प्रतिशत र १० वर्षमाथि १३.५० प्रतिशत व्याजदर तोकिएको छ । अटो लोन, एचपी लोनतर्फ ५ वर्षसम्म १२.७५ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १३.२५ प्रतिशत तोकिएको छ ।सेन्ट्रल फाईनान्स लिमिटेड सेन्ट्रल फाइनान्स लिमिटेडले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले कर्पोरेट डिपोजिटमा २.५० प्रतिशत, साधारण सेभिङमा ५ प्रतिशत, नर्मलमा ५.५० प्रशित व्याजदर तोकेको छ ।
यस्तै महिला बचतमा ५.५० प्रतिशत, जेष्ठ नागरिक बचतमा ५.५० प्रतिशत, बाल बचतमा ५.५० प्रतिशत, सेयर होल्डर सेभिङमा ५.५० प्रतिशत, इम्लोइ सेभिङमा ५.५० प्रतिशत र प्रोभिडेन्ट फण्ड सेभिङमा ६ प्रतिशत र स्पेसल सेभिङमा ६ प्रतिशत व्याजदर तोकेको छ ।
भिक्स डिपोजिटमा १ वर्ष तल व्यक्तिगतमा ८ प्रतिशत र संस्थागतमा ७.५० प्रतिशत, १ वर्षसम्म व्यक्तिगत ८.५० प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र २ वर्ष र सो भन्दा माथि व्यक्तिगत ८.७५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत तोकेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. ले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार फिक्स डिपोजिट र सेभिङ डिपोजिटका लागि छुट्टाछुटै रेट तोकेको हो ।
फिक्स डिपोजिटमा ३ महिनासम्मका लागि ७ प्रतिशत, १ वर्षका लगि ८ प्रतिशत(व्यक्तिगत), ७.२५(करपुरेट), २ वर्षसम्मका लागि ८.५०(व्यक्तिगत) र ७.२५ प्रतिशत(करपुरेट) व्याजदर ताकेको छ ।
यस्तै सेभिङतर्फ सेभिङ डिपोजिट एकाउन्टमा ४.५० देखि ६.५० प्रतिशतसम्म तोकेको छ । छिमेकी बचतमा ४.५० प्रतिशत देखि ६.५० प्रतिशत, सेयर होल्डर सेभिङ एकाउन्टमा ४.५० देखि ६.५० सम्म र प्रिमियम सेभिङमा ४.५० देखि ६.५० प्रतिशतसम्म व्याजदर तोकेको छ ।
डिपोजिटमा वेस्ट सेभिङ एकाउन्टमा ४.५० देखि ६.५० प्रतिशतसम्म व्याजदर तोकेको छ भने कल डिपोजिटमा २.५० प्रतिशत, नारी बचतनमा ४.५० प्रतिशत र ६.५० प्रतिशत व्याजदर तोकेको छ । जेष्ठ नागरिक बचतमा ४.५० देखि ६.५० प्रतिशतसम्म व्याजदर तोकेको छ ।
गृहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. गृहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि.ले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । निक्षेप व्याज दरमा १ वर्ष र २ वर्ष त्रैमासिक व्याज दर ८.५० प्रतिशत, ताेकेकाे छ । ५ वर्ष र १० वर्षसम्म त्रैमासिक व्याज दर ५ वर्ष र १० वर्ष ९ प्रतिशत र बार्षिक व्याज दर ९.५० प्रतिशत ताेकेकाे छ । बचत निक्षेप व्याज दरमा कर्मचारी वचत/रेमिट बचतमा ४.७५ %,वृद्ध/वृद्धा/महिला/बाल बचतमा ४.५० – ५.०० %, वयो वृद्ध/वृद्धा बचत ५.०० %, साधारण बचतमा ४.५०– ५.०० %, आश्वा ४.५० %, प्रिभिलेज्ड निक्षेप ४.५०– ५.२५% ताेकेकाे छ । मुद्दती निक्षेप व्याज दरमा ३ महिना ७.५० %, ४ महिना देखि ११ महिना ८.०० %, १ वर्ष ८.५० %, २ वर्ष .७५ %, ३ वर्ष देखि माथि ९..०० % र संस्थागत अवधिमा ३ महिना देखि ९ महिना सम्म ७.६० %,९ महिना देखि १२ महिना सम्म ८.२५ %, २ वर्ष ८.५० %, कर्जा व्याज मुद्दती निक्षेप कर्जामा कुपन रेटमा थप २.५०%, कन्स्र्योटियम कर्जा कन्स्र्योटियम बैठकको निर्णय बमोजिम हुनेछ । सम्पूर्ण कर्जामा ०% देखि ६% सम्म प्रिमियम थप, विपन्न वर्ग कर्जा संस्थागत अधिकतम १२ %, व्यक्तिगत प्रकृतिका आवधिक कर्जा स्थीर व्याज दरमा १ वर्ष देखि २ वर्ष सम्म १२%, २ वर्ष देखि ५ वर्ष सम्म १३%, ५ वर्ष भन्दा माथि १४ % ताेकेकाे छ ।
आइसीएफसी फाइनान्स
आइसीएफसी फाइनान्सले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले फिक्स डिपोजिटमा(व्यक्तिगततफ) ३ महिनादेखि १ वर्षे तल ७ प्रतिशत, १ देखि २ प्रतिशत ८ प्रतिशत, २ वर्ष माथि ८.५ प्रतिशत व्याजदर तोकेको छ । संस्थागततर्फ फिक्स डिपोजिटमा ३ महिनामाथि १ वर्षसम्म ६ प्रतिशत, १ वर्षमाथि ७.५ प्रतिशत तोकेको छ । आस्वा सेभिङमा ५ प्रतिशत तोकिएको छ । फिक्स ल्याण्डिङतर्फ होम लोन १२.५ प्रतिशत, अटो लोन १२, हायर परचेज लोन १४ प्रतिशत तोकिएको छ ।
प्रोग्रेसिभ फाइनान्स लि.
प्रोग्रेसिभ फाइनान्स लि.ले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको नर्मल र स्पेसिकल सेभिङमा ४.५० प्रतिशत, प्रोगेसिभ सुपर सेभिङमा ४.५०, बाल बचतमा ४.५०, इन्प्लोङ ग्रोइङ प्लसमा ४.५० व्याजदर तोकेको छ । फिक्स डिपोजिटमा ३ देखि ९ महिनासम्मको व्यक्तिगत खातामा ८.५० प्रतिशत, संस्थागत ६.५०, ९ महिनादेखि माथि र २ वर्षसम्मको व्यक्तिगतमा ८.५० र संस्थागतमा ८ प्रतिशत व्याजदर तोकेको छ । २ वर्षमाथि र ३ वर्षसम्मको ८.७५(व्यक्तिगत), संस्थागतमा ८.५० प्रतिशत व्याजदर तोकेको छ ।