चामलमा परनिर्भरता चुलिँदै, एक वर्षमा झन्डै ५१ अर्बको चामल आयात

– २०७८ श्रावण १९

ग्लोबल आर्थिक

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को बाहृ महिनाको अवधिमा नेपालले झन्डै ५१ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ ।

कृषिप्रधान मुलुकमै मुख्य खाद्यबाली धान(चामल) मै परनिर्भर बढिरहेको देखिन्छ । नेपालीहरुमा खाने बानीमा आएको परिवर्तन र मिठो तथा बास्नादार चामलप्रतिको मोह

बढ्दै गएका कारण चामल आयात बढेको हो । 

भन्सार विभागको वार्षिक तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०७७/०७८ को बाहृ महिनाको अवधिमा ५० अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बराबरको चामल भारतलगायतका अन्य मुलुकबाट नेपाल आयात भएको देखिन्छ ।

सबैभन्दा बढी भारतसहित चीन, थाइल्यान्ड, फिलिपिन्स, जापान, अमेरिकालगायतका मुलुकबाट चामल आयात भएको छ । आर्थिक वर्ष २०७६/०७७ कोे तुलनामा गत आवमा १७ अर्ब १३ करोड बढीको चामल आयात भएको देखिन्छ । आव २०७६/०७७ मा ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

मसिनो र बासमतियुक्त चामल अधिकांश भारत लगायत तेस्रो मुलुकबाट नै आयात हुने गर्छ । नेपालमा धान(चामल) को माग यत्ति नै छ भनेर कुनै यकिन तथ्यांक सरकासँग छैन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार, करिब ६२ लाख मेट्रिक टन धानको माग रहेको बताउँछ । जसमध्ये स्वदेशमै ५६ लाख २१ हजार मेट्रिक टन धान गत आवमा उत्पादन भएको थियो ।

त्यसअनुसार, अझै ६ लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयको दाबी छ । तर, मन्त्रालयले भने जसरी अपुग ६ लाख मेट्रिक चामलका लागि मात्रै ५१ अर्ब रुपैयाँ खर्च हुँदैन् ।

अर्थात, त्यो परिमाणभन्दा धेरै नै बढी चामल नेपाल आयात भइरहेको देख्न सकिन्छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की नेपाली जनतामा मिठो, मसिनो र बास्नादार चामल खाने प्रवृत्ति बढेकाले चामल आयात बढेको स्वीकार्छन् । तर, उनी केही परिमाणमा अभाव भए पनि स्वदेशकै उत्पादनले पुग्ने अवस्था रहेको बताउँछन् ।

कम्तीमा दिनमा एक छाक चामलबाहेक अन्य परिकार खाने हो भने अहिलेकै उत्पादनले पुग्ने उनी बताउँछन् । ‘मानिसहरुमा मिठो, बास्नादार चामल खाने प्रवृत्ति बढ्यो । त्यही खानेबानीमा आएको परिवर्तनले चामल आयात बढेको देखिन्छ’ उनी थप्छन्, ‘बिहान बेलुकी नै टन्न भात खानुपर्छ । कम्तीमा दिनमा एक छाक गहुँ, मकै, कोदो, उवा, फापरका परिकार खाने हो भने अहिलेकै उत्पादनले करिब–करिब पुग्छ ।’

अहिले एक नेपालीले वर्षमा चामल मात्रै १३८ किलो खाने गरेको सरकारी आकँडा छ । अर्थात, नेपालीको बढ्दो ‘भाते कल्चर’ का कारणले पनि चामल आयात बढ्दो देखिएको देखिन्छ ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%