किसानलाई आधुनिक औजार वितरण

– २०७८ श्रावण १९

ग्लोबल आर्थिक

डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । 

आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, बेमौसमी तरकारी उत्पादन गर्ने ५० परिवार र बहुउद्देश्यीय नर्सरीका १० गरी ३९० परिवारलाई समूहगतरुपमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।

गाउँपालिका र युएनडि

पीको सहयोगमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल (सिड्स नेपाल) को सहजीकरणमा किसानलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्टद्वारा कृषकलाई दुग्ध व्यवसायका लागि डि फ्रिज, मिल्क एनालाइजर, घाँस काट्ने मेसिन, कोदो र गहुँ फल्ने मेसिन, थ्रेसर, धान काट्ने र गोडने मेसिन, मकै छोडाउने मेसिन, ह्याचरी मेसिनलगायतका करिब रु ७५ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ ।

कोभिड प्रभावित कृषकलाई सहज कृषि तथा पशुपालन, उत्पादन वृद्धि र व्यावसायिकताका लागि मागका आधारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो । दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने युएनडिपीका सुदूरपश्चिम प्रमुख वैजन्ती गिरी सिंंहले बताइ ।

महामारीबाट प्रभावित युवा, एकल महिला दलित जनजातिलगायत समुदायका विपन्न परिवारलाई कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका उपकरण हस्तान्तरण गरिएका हुन् । उपकरण पाएपछि स्थानीय कृषक उत्साहित भएको आलिताल–७ चाइबान्नीगडाका अगुवा कृषक गणेश महराले बताए।

धान काट्ने चुट्ने, गाईबस्तुका लागि घाँस काट्ने मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि उत्साहजनक रहेको कृषक पार्वती विष्टले बताइन। 

यति ठूलो रकम बराबरको यान्त्रिक सहयोग निरन्तर प्रयोगमा आउनुपर्ने र आम्दानीका स्रोतलाई पारिवारिक जीवनमा सफल देखिनुपर्ने तथा अझै व्यावसायिक बनाउन कृषक थप क्रियाशील रहनुपर्ने वडा नंं ५ का वडाध्यक्ष प्रकाश बोहराले बताए।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%