आज, बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।