चर्चामा युएसबी कण्डम : के हो यो ? यसले के काम गर्छ ? कसरी प्रयोग गर्ने ?

– २०७८ श्रावण २८

ग्लोबल आर्थिक

एजेन्सी। युएसबी कण्डमः झ्वाट्ट सुन्दा परिवजार नियोजनको साधन होकि जस्तो लाग्छ। तर यो परिवार नियोजनको साधन होइन।

यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट बचाउने काम गर्छ। आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ। उसैपनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ। तर जति सहज बनाएको त्यसैगरी असुरक्षित पनि बनाइरहेकै छ।

के हो युएसबी कण्डम ?

हामीले आफ्ना लागि आवश्यक विभिन्न डेटाहरु, नितान्त व्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज, इमेल, अडियो, भिडियो सामाग्री, बैकिङ्ग जानकारी एउटा सानो मोवाइल, वा चिपमा सुरक्षित गरेर राख्न सक्छौँ वा राखेका छौँ। तर कहिल्लै सोच्नु भएको छ रु त्यो कति सुरक्षित छ रु कतै ती तथ्याङ्क वा जानकारीहरु तपाईलाई थाहै नदिई चोरी भएमा के हुन्छ रु सामान्य युएसबी केवल चार्जरले मोवाइल चार्ज गर्दा पनि ती जानकारीहरु चोरिन सक्छ। हो यसरी हुन सक्ने डेटा चोरीबाट जागाउने साधन हो युएसबी कण्डम।

आजभोलि जता पनि जहाँ पनि मोवाइल चार्जका लागि युएसबी पोर्ट राखिएको हुन्छ। सार्वजनिक स्थलहरु बसपार्क, एयरपोर्ट, बिभिन्न पार्क, होटल यहाँसम्म कि स्मार्ट डस्टबिनमासमेत चार्चिङ पोर्ट र केवल जडान गरिएको छ। यस्ता केवल वा पोर्टबाट चार्ज गर्दा तपाईँको मोवाइलमा रहेका डेटा वा जानकारीहरु चोरिन सक्छ। हुन त सामान्य रुपमा डेटा ट्रान्सफर गर्न अनुमति चाहिन्छ तर ह्याकरहरुले मालवयर वा अन्य बिभिन्न भाइरस पठाएर चोरी गर्ने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

व्यक्तिगत विवरणहरु चोरी हुनबाट बचाउन बजारमा अहिले युएसबी डेटा ब्लकर्स आएको छ जसको नाम युएसबी कण्डम दिइएको छ। यसले तपाईलाई जुस ज्याकिङ्गबाट जोगाउँछ। जुस ज्याकिङ्ग भनेको एक प्रकारको साइबर आक्रमण हो जसमा सार्वजनिक स्थलमा पाइने युएसबी पोर्टको माध्यमबाट भाइरस संक्रमण गरिन्छ र मोवाइलमा रहेको डेटा चो री गरिन्छ। सस्ता संक्रमणबाट बच्न अमेरिकी अधिकारीहरुले चेतावनी समेत दिएका छन्।

कसरी प्रयोग गर्ने ?

युएसबी कण्डम सानो युएसबी एडब्टर जस्तै हुन्छ। जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ। यो एडप्टर मोवाइल चार्जका लागि पावर सप्लाई त गर्छ तर डेटा ट्रान्सफर भने पूर्ण रुपमा रोकिदिन्छ। अमेरिकी बजारमा १० डलरमा पाइने युएसबी कण्डम भारतीय बजारमा ९ सय देखि एक हजारसम्म अनलाइन बजारमा उपलब्ध छ। आजभोली यसको प्रयोग बढिरहेको छ। व्यक्तिगत जीवनका डाटाहरु चोरी भएकै कारण वर्षेनी अप्रिय घटनाहरु भइरहेको समयमा यस्ता सुरक्षाका साधनको प्रयोगले सुरक्षित रहन सहयोग गर्छ।

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%