काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६३ नमूना परीक्षणमध्ये एक हजार ९४७ पीसीआर र ६७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,३२० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका
छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेका छन् ।