टेक्ससका एक यौन चिकित्सक एमिली जेमिया भन्छिन्, ‘कोभिड महामारीअघि कैयौँ जोडीहरु रातको समयमा नजिकैबाट छुट्ने दुई समुन्द्री जहाज जस्तै थिए । घरबाहिर आ–आफ्नो काममा व्यस्त हुने अधिकांश जोडीहरुका निम्ति लकडाउन राहत बनेर आयो ।
लकडाउनकै कारण जोडीहरुले एक अर्कालाई भरपुर समय दिन पाए । एक अर्कालाई प्रेम गर्न र प्रेम देखाउन पनि मनग्य समय पाए । जेमिया भन्छिन्, ‘कोभिडको शुरुवाती महामारीले मानिसहरुलाइ आफन्त र परिवारजनसँग जोडिने मौका दिएको थियो, जबकी त्यसअघि सिमित छुट्टी लिएर मात्रै परिवार, आफन्त, साथिभाईसँग भेट्न पाइन्थ्यो त्यो पनि सिमित समयका लागि ।’
तर, जसोजसो महामारी बढ्दै गयो, यसको नकारात्मक असर पनि देखिन थालियो । विशेषगरि शारीरिक सम्बन्धमा । लकडाउनका कारण घरमै थुनिएर बस्न परेपछि बिस्तारै जोडीहरुमा यौनइच्छा घट्दै गएको देखिन्छ ।
अध्ययनले के देखाउँछ ?
टर्की, इटली, भारत र अमेरिका लगायतका देशहरुमा भएका अनुसन्धानबाट यौन इच्छा घट्नु र लकडाउको प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छ । यौनको बारेमा अध्ययन हुने अमेरिकाको किन्से इन्स्टिच्यूटका अनुसन्धानकर्ता जस्टिन लेहमिलरका अनुसार धेरै दिनको लकडाउनका कारण मानिसहरुमा चिन्ता, दिक्दारी, नैराश्य लगायतका भावहरु बढेको कारण पनि यौन इच्छाशक्ति घटेको हो ।
लकडाउका कारण अनिश्चितताको माहाल बढ्दै जाँदा मानिसहरुमा स्वतः डर, त्रास र चिन्ता पैदा भएकै हो । यसबाट मानिसहरुमा विभिन्न शारीरिक दुर्वलता (एंङ्जाइटी) देखिन थाल्यो । सबैतिर ठप्प हुँदा आर्थिक संकटले पिरोल्न थालेपछि दैनिकी नै फरक बन्छ ।
विभिन्न कारणले हुने चिन्ता र दिक्दारीका बीच आफ्नो यौनसाथिसँग एउटै कोठामा धेरै समय बिताउनु पर्दा सम्बन्धमा केही समस्या अवश्य प्रकट गराउँछ । जसको सिधा असर यौनसम्बन्धमा पर्न जान्छ ।
यसबाट आँकलन गर्दा कोभिड महामारी यौन सम्बन्धका लागि निकै खराब समय सावित हुन पुगेको छ । अब सम्बन्ध पुनः सुमधुर हुन सक्छ ? या यसको असर लामो समय सम्म देखिन्छ ?
यौन इच्छाशक्तिमा कमि
जेमियाले भनेजस्तै लकडाउनको शुरुवाती अवधिमा जाेडीहरुले यौनको भरपुर मजा लिइरहेकै थिए । यसमा टेक्सस विश्वाविद्यालयका सहप्राध्यापक तथा सामाजिक मनोवैज्ञानिक रोयन्डा बल्जारिनीले पनि सहमती जनाएकी छिन् । उनी भन्छिन्, ‘यौन जोडीहरुका लागि शुरुवाती लकडाउन हनिमुनको समय जस्तै थियो ।
मानिसहरु तनावको समयलाई पनि खुशी र सकारात्मक बनाउने प्रयत्न गर्दै थिए । घरायसी कामहरुमा पनि एकअर्कालाई सहयोग गर्दै खुशीसाथ जीवनयापन गरिरहेका थिए । यस अवधिमा समाजमा एक अर्काप्रति सहयोगको भावना पनि तीव्र विकास भएको थियो ।
तर, बिस्तारै बिस्तारै विभिन्न कुराहरुको अभाव हुन थालेपछि मानिसहरुमा तनाव बढ्दै गयो । तनावकै कारण मानिसहरुमा सामथ्र्य कम हुँदै गयो, निराशा बढ्न थाल्यो । यसबाट सम्बन्धमा पनि समस्या उत्पन्न थाल्यो र केही समयअघि निकै सुमधुर रहेको सम्बन्ध पनि कमजोर बन्न थाल्यो ।
लकडाउन र यौन जीवनबारे बल्जारिनी र उनकी एक सहकर्मीले ५७ भन्दा बढी देशका १८ वर्षमाथिका यूवायुवतीहरुमा सुक्ष्म अध्ययन गरेका थिए । सो अध्ययनबाट पनि शुरुवातमा निकै राम्रो रहेको यौन जीवन लामो लकडाउनका कारण मानिसहरुमा निराशा र आर्थिक चिन्ताले यौन इच्छामा कमि आएको प्रमाणित भयो ।
यौन इच्छाशक्ति कमि हुनुको प्रमुख कारकः अत्याधिक समय सँगै रहनु
लकडाउनपछि जोडीहरु २४ सै घण्टा संगै रहन्छन् । सँधै संगै भएपछि एक अर्काप्रतिको आकर्षण पनि बिस्तारै घट्दै गएको उनीहरुको अध्ययनबाट प्रमाणित भएको छ ।
लकडाउन लम्बिँदै गर्दा मानिसहरु आफ्नो इच्छा र चाहनाअनुसारका क्रियाकलापमा भाग लिन पाउँदैनन् । जोडीहरु आफूलाई मन पर्ने ठाउँमा जाने र रमाइलो गर्ने, प्रकृतीसँग नजिकिने मौका नै पाउँदैनन् ।
यसबाट पनि मानिसहरुको मनोविज्ञानमा केही प्रभाव पर्छ । दिनहुँ उही काम, उही ठाउँ, उही क्रियाकलाप र उही व्यक्तिहरुसँग वार्तालाप, यसबाट मानिसहरुमा एक्लोपन पनि महशुस हुने खोजले देखाएको छ ।
लामो समय संगै हुँदा यौन जोडीहरु एक अर्काको सानो सानो कमजोरीहरुलाई पनि नोटिस गर्ने गर्छन् । सो अवधिमा एक अर्काको धेरै कमजोरीहरु पत्ता लाग्छन् । एकदमै सामान्य कुराहरुमा पनि प्रश्न गर्ने भएपछि विवाद स्वतः उत्पन्न हुने र सो विवादले पनि सुमधुर यौन सम्बन्धमा समस्या उत्पन्न गराउने बेल्जारिनीको अध्ययनले देखाएको छ ।
अक्सर जोडीहरु एक अर्काको बारेमा जान्न बुझ्नको लागि संगै रहन चाहन्छन् । तर हरेक दिन एक अर्कालाई मात्र हेरिरहँदा एकअर्काको बारेमा जान्ने उत्सुकता पनि सकिँदै जान्छन् ।
यसको अलावा लामो समय महामारी र लकडाउनको बीच रहँदा मानिसहरुको सोँच र व्यवहारमा पनि ठूलो परिवर्तन आउँछ । उनीहरु पहिलेको जस्तै हुँदैनन्, यसको सिधा असर यौन इच्छाशक्ति र यौन सामथ्र्यमा पर्छ ।
यस अवधिमा महिलाहरुले बढी समस्याको सामना गरिरहेका हुन्छन् । घरधन्दा, बच्चाबच्चीको स्याहारसुसार, उनीहरुको पढाईलेखाई इत्यादी सम्पूर्ण कुराको जिम्मेवारी महिलाको काँधमा थोपरिन्छ । यसबाट उनीहरुलाई शारीरिक र मनोवैज्ञानिक दुबै बल परिरहेको हुन्छ । फलस्वरुप यौनतर्फको आकर्षण घट्दै जान्छ ।
यौन इच्छाशक्ति नै नभएको होइन, केही घटेको मात्र हो
खोजकर्ता लेहमिरका अनुसार यौन सम्बन्ध पूर्ण रुपमा रोकिएको भने होइन । सामाजिक, आर्थिक, शारीरिक र मनोवैज्ञानिक दबावका बीच पनि यौन जीवन निरन्तरता नै रहेको छ, तर सामान्य अवस्थामा भन्दा निकै कम ।
यस अवधिमा जोडीहरुले यौन आकर्षण कायम राख्नका लागि नयाँ नयाँ प्रयोग पनि गर्ने गरेको लेहमिर बताउँछन् । उनका अनुसार नयाँ आशन र नयाँ प्रयोगमार्फत जोडीहरु यौन जीवनलाई सुमधुर तुल्याउने प्रयास गरिरहेका छन् ।
अहिले बिग्रिएको यौन सम्बन्ध पछि पुनः सुमधुर बन्छ त ? लेहमिरको अनुसन्धानका अनुसार यस अवधिमा धेरै जोडी जुटेका छन् भने कैयौँ छुटेका पनि छन् । अभाव, असन्तुष्टि र सामान्य विवादका कारण पनि जोडीहरुबीचको सम्बन्धमा दरार पैदा भएका छन् । समयसँगै एक अर्काको आवश्यकता र बुझाईले पुनः यौन जीवन सुमधुर बन्न सक्छ ।’