डिसलाइक संख्या लुकाउने युट्युबको कदम : पहिलो भिडियो हाल्ने संस्थापक नै असन्तुष्ट

– २०७८ मंसिर ४

ग्लोबल आर्थिक

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले प्लाटर्फममा अपलोड हुने भिडियोहरूमा डिसलाइकको संख्या देखिने फिचर केही समय अगाडि हटाएको थियो । युट्युब सर्जकहरूलाई दुर्व्यवहार तथा उत्पीडनका साथै लक्षित आक्रमणबाट बचाउनका लागि डिसलाइक संख्या हटाउने निर्णय युट्युबले गरेको थियो ।

तर यस्तो कदमबाट युट्युबका एकजना संस्थापक नै असन्तुष्ट बनेका छन् । युट्युबका सह-सस्थापक जावेद करीमले डिसलाइक हटाउने निर्णय मुर्खतापूर्ण विचार भएको बताएका हुन् ।

यस्तो कदमप्रति असहमति जनाउँदै करीमले युट्युबमा पहिलोपटक अपलोड गरिएको उनको भिडियो मी एट जू को व्याख्या खण्डलाई अपडेट गरेका छन् । उनले व्याख्यात्मक खण्डमा लेखेका छन्, ‘जब हरेक युट्युबर डिसलाइक हटाउने काम एक मुर्खतापूर्ण काम हो भन्ने कुरामा सहमत हुन्छन् भने त्यो सायद साँचो हो ।’

युट्युबका सह-सस्थापक हुनुका अलावा जावेद करीम युट्युबमा भिडियो अपलोड गर्ने पहिलो व्यक्ति पनि हुन् ।

युट्युबमा अपलोड भएको पहिलो भिडियो ‘Me At The Zoo’  हो, जुन जावेद करीमद्वाराअपलोड गरिएको थियो । पछि गुगलले युट्युब खरीद गरेको थियो ।

करीमले आफ्नो पहिलो भिडियोमा व्याख्या थप गर्नुका अलावा डिसलाइक संख्या लुकाउने सम्बन्धमा युट्युबले सार्वजनिक गरेको भिडियोमा पनि टिप्पणी गरेका छन् । उक्त भिडियोमा डिसलाइक संख्या लुकाउने कारणका बारेमा विवरण दिइएको थियो ।

युट्युबका निर्माता म्याट कोवलले यो कदमको कारणका विषयमा दर्शकलाई बुझाउने प्रयास गरेका छन् । उनले भनेका छन्, ‘डिसलाइक संख्याको विकल्पले सर्जकलाई भिडियोलाई मानिसहरूले मन पराए कि पराएनन् भन्ने कुरा जान्ने अनुमति दिएको भए पनि शोधकर्ताहरूले के पत्ता लगाएका छन् भने दर्शकका केही समूहहरू सर्जकहरूलाई नियतबस मन नपराउने पुष्टि गर्नका लागि लक्षित रुपमा डिसलाइक गरिरहेका हुन्छन् ।

तर करीमले भने युट्युब निर्माता म्याट युट्युबको पछिल्लो निर्णयबाट उत्साहित नभएको र त्यो गलत निर्णय भएको दाबी गर्दछन् ।

सबैभन्दा महत्वपूर्ण तथ्य त म्याटको उक्त भिडियोमा १४ हजार लाइक्स तथा एक लाख ४० हजार डिसलाइक प्राप्त भएका छन् । आलोचकहरूका अनुसार भिडियो पोस्टमा लाइक वा डिसलाइक दिनु हानिकारक हो । फेसबुक तथा इन्स्टाग्रामले प्रयोगकर्तालाई यो विकल्पलाई हटाउने अनुमति दिएका छन् ।

युट्युबको पछिल्लो कदमपछि युट्युब दर्शकहरूले कुनै पनि भिडियोमा डिसलाइक त गर्न सक्दछन् तर डिसलाइकको संख्या सार्वजनिक रुपमा देखिने छैन ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%