१४ कम्पनीको साधारण सभा हुँदै, कुनको कहिले सम्म किन्दा पाइन्छ लाभांश ?

– २०७८ मंसिर ४

ग्लोबल आर्थिक

विभिन्न १४ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, १३ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । बाँकी एउटा कम्पनीले भने लाभांश प्रस्ताव गरेकाे छैन । १४ मध्य ९ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने अर्थात बुकक्लोजको मिति बाँकी नै छ भने बाँकि ५ कम्पनीको बुकक्लोज भइसकेको छ । 

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ : 

१. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को तेस्राे बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२. एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा मंसिर ५ गते आइतबार धरान व्याकेट, धरान–१३, सुनसरीमा हुनेछ । सभामा संस्थाकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २३ गते, मंगलबार बुकक्लाेज गरेकाे छ । त्यसैले, कार्तिक २२ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एघाराैँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा कम्पनीकाे साउन २४ गते, आइतबार बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । 

४. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन हाेटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. मेरो माइक्रोफाइनान्स लघुवित्त

मेरो माइक्रोफाइनान्स लघुवित्तको चौँथो वार्षिक साधारण सभा मंसिर २४ गते, शुक्रबार होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा मंसिर १० गते शुक्रबार अग्रवाल भवन कमलपोखरी काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । त्यसैले, २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्।

७. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते  दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभामा सहभागी हुने र लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे चाैधाैँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । 

९. सोल्टी होटेल लिमिटेड

सोल्टी होटेल लिमिटेडकाे ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडाैँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । त्यसैगरी, साधारण सभा प्रयाेजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

१०. फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा मंसिर १६ गते, बिहीबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे भदाै १९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

११. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडकाे सत्ताइसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा हुनेछ सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१२. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१३. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा मंसिर २७ गते, साेमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसाेर्ट, धुलिखेल-३, काभ्रेमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%