रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्जमा अवतरण

– २०७८ मंसिर ७

ग्लोबल आर्थिक

त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको पर्यटन मन्त्री प्रेम आलेले बताए।
सोमबार पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अवतरण गराएको आलेले बताए।

‘उहाँले मेरो ड्युटी सकिएको भनेर रूकुम नपुर्‍याई नेपालगञ्जमा अवतरण गराउनुभएको जानकारी आएको छ,’ आलेले सेतोपाटीसँग भने, ‘यात्रुलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पारेर उहाँले नेपालगञ्जमै छोडिदिनुभएछ।’

यो घटना थाहा पाएलगत्तै आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको आलेले बताए।
‘पाइलटलाई स्पष्टीकरण सोधिएको छ। यस्तो गैरजिम्मेवार काम किन गरेको भनेर छानबिन गर्न पनि भनिएको छ,’ आलेले भने।

निगम स्रोतका अनुसार सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो।

तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो। क्याप्टेन शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो।

उनले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई त्यहीँ ओरालेका थिए। यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको थियो।

मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्‍याएको छ।

स्रोतका अनुसार सोमबार त्यो ट्वीनअटर साढे ६ बजे नै उड्ने तालिका थियो।

तर, मौसमलगायत कारण समयमा उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए। उनलाई दिउँसो फेरि निगमले जहाज उडाउनुपर्ने भयो भनेर बोलाएको थियो।

‘एकपटक फर्काएर पुन: बोलाएर जहाज उडाउन लगाइएको थियो, उहाँले आफ्नो समय सकिएपछि नेपालगञ्जमा ओराल्नुभएछ, मंगलबार बिहान यात्रुलाई पुर्‍याइसकिएको छ,’ निगम स्रोतले भन्यो।

नेपाल वायुसेवा निगमले भने यो घटनाबारे आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।

नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले नेपाल एयरलाइन्सको जहाज कतिबेला आइपुग्यो, कहाँ उडेको थियो आफूलाई केही जानकारी नभएको बताए।

‘जहाजमा कुनै टेक्निकल समस्या आएको भए जानकारी हुन्थ्यो होला, कति जहाज आउँछन् जान्छन् सबै जानकारी मलाई हुँदैन,’ झाले भने, ‘मलाई कसैले पनि रिपोर्ट गरेको छैन, मैले पनि तपाईंहरूले सोध्दा थाहा पाएँ।’

निगमकै नेपालगञ्जका प्रवन्धक किरण श्रेष्ठले घटनाबारे जानकारी दिन मानेनन्।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%