बजार सट टर्म बियरिसमा, प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ बजार ?

– २०७८ मंसिर १९

ग्लोबल आर्थिक

नेपालका पूँजी बजारको विकास र विस्तारको जिम्मेवारी पाएका विभिन्न नियामक निकायहरु नै उदासिन बन्दा बजार सट टर्म बियरिस ट्रेन्डमा गएको देखिन्छ । बजारको विकास र विस्तारका लागि विभिन्न कामहरु गर्न आवश्यक रहेकोमा त्यसतर्फ नियामकहरु गम्भिर नबन्दा बजारमा लगानीकर्ताहरु त्रसित बनेको देखिन्छ । 

पहिले बजारमा विभिन्न समस्याहरु देखा परेका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमाका कारण पछिल्लो समय नेपालको सेयर बजार नराम्रोसँग प्रभावित हुन पुग्यो तर यसरी निरन्तर घटिरहँदा पनि बजार बढ्दा विभिन्न विज्ञप्ती प्रकाशन गर्ने विभिन्न निकायहरु चुइँक्क समेत बोलेका छैनन् । लगानीकर्ताहरुले अधिकतम १२ करोड सम्मको सिमालाई कायम नै राखेर बरु एकै बैंकबाट पनि १२ करोड कर्जा लिन पाउने व्यवस्था राखौँ भन्ने मागको समेत सुनुवाई नहुनुले पनि नियामकहरुको सेयर बजार र सेयरबजारका लगानीकर्ताहरु प्रतिको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताउँछन् एक लगानीकर्ता । 

“अहिले बजारमा देखिएको गिरावट अन्य कारणले नभई नितान्त रुपले नियामक निकायहरुको उदासिनताले नै आएको हो जब सम्म नेपालको नियामक निकायहरुको बजारप्रतिको सोच र धारणा परिवर्तन हुँदैन तबसम्म नेपालको पूँजीबजारको विकासको धेरै अपेक्षा राख्नु उचित देखिदैन अब निकट भविष्यमा आउने नेप्से र सेबोनको नेतृत्व त्यहाँबाट कमाउने भन्दा पनि बजारको विकास विस्तारको लक्ष्य सहित आओस् भन्ने हाम्रो कामना हो, केही महिनाको बिचमा नेप्से ७०० अंकले घटेको अवस्थामा यसलाई कति करेक्सन मात्र भन्ने यो त सटटर्म बियरिस नै हो त्यसैले केही समय पछि बजारले अवस्य पनि बाउन्स ब्याक हुने छ अहिलेको अवस्थामा यति समयमा नै बाउन्स ब्याक हुन्छ भन्ने स्थिति भने देखिँदैन” एक लगानीकर्ताले भने ।  

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ बजार ?

सन् २०१९ को डिसेम्बरमा करिब ११५० को विन्दुमा रहेको नेप्से  बढ्दै गएर १ मार्च २०२० मा १६७० को विन्दुसम्म पुग्यो।  विश्वव्यापी रुपमा बढेको कोरोना महामारी नेपालमा समेत भित्रिने र त्यसले ठूलो बिनास निम्त्याउने डरले लगानीकर्ताहरुले सेयर बिक्री गर्दै जाने क्रममा नेप्से घटेर १२०० को हाराहारीमा आइपुग्दै गर्दा देशमा निषेधाज्ञा जारी भयो र लामो समयसम्म सेयर बजार पनि बन्द भयो ।  पछि बजार खुलिसकेपछि अलिकति घटेर नेप्से ११४६ को बिन्दुसम्म आइपुग्यो र त्यहाँबाट बढ्न थाल्यो । विभिन्न आरोह अवरोह झेल्दै बजारले १६७० को विन्दुलाई क्रस गरिसकेपछि सेयर बजारमा बुल रन सुरु भएको विश्लेषणहरु गर्न थालियो ।  

बजारले त्यसअघिको अल टाइम हाइ १८९० को बिन्दुलाई क्रस गर्छ कि गर्दैन भन्ने आम लगानीकर्ताहरुको चिन्तालाई चिर्दै बजारले माथिल्लो यात्रा तय गर्यो । यस क्रममा बजारले हाइअर हाइ (Higher High) र हाइअर लो (Higher Low) को शृंखला बनाउँदै नेप्से  ३२२७ को बिन्दुसम्म पुग्यो र त्यो बिन्दुबाट झर्न थाल्यो। बजार झर्दै जाने क्रममा २४८० को  बिन्दुसम्म आइपुगेर बढ्न थालेको बजार बढ्दै जाँदा २८७४ को बिन्दुसम्म पुग्यो । २८७४ को बिन्दुबाट झर्न थालेको बजार घट्ने क्रम जारी छ ।

अबको सबैभन्दा चासोको विषय भनेको यो डाउन र्यालीमा बजार खस्दै गर्दा बजार २४८० भन्दा तल जान्छ कि जादैन भन्ने हो । यदि बजार २४८० भन्दा माथिकै बिन्दुबाट फर्किन थाल्यो भने नेप्सेको चार्ट्मा हाइअर लो (Higher Low) बन्नेछ । त्यसो भएको खण्डमा अहिलेको ट्रेन्डलाइ बियरिस भनिहाल्न हतारो गरेको ठहर्छ । यदि अब बन्ने लो लोअर लो (Lower Low) हुने ( २४८० भन्दा तल जाने ) र बढ्ने क्रममा २८७६ को बिन्दुलाई ब्रेक गर्न नसक्ने परिस्थिति बन्यो भने त्यसले बजार स्पष्ट रुपमा बियरिस ट्रेन्डमा गएको भन्न सकिने अवस्था बन्नेछ।  
शर्ट टर्ममा बजारलाई हेर्दा बजारमा लोवर हाइ (Lower High) र लोवर लो (Lower Low)का शृंखलाहरु बनिरहेका छन्, जसले बजार शर्ट टर्म बियरिस ट्रेण्डमा रहेको कुरालाई पुष्टि गर्दछ।  61ac7b36e5715.png

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%