जनकपुरमा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

– २०७८ मंसिर २२

ग्लोबल आर्थिक

आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात सीताराम विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा आज हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ।

प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमासमेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरि वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन छ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ। 

ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।

स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ। राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुल्ही झै सिंगारिएको छ।

वैवाहिक कार्यक्रममा झाँकी किर्तण सहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ।

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन्।    

मंसिर १७ गतेबाट विधिवत सुरु भएको सप्ताहव्यापरी विवाहपञ्चमी महोत्सवा मंसिर २३ अर्थात भोलि बिहीबारसम्म चल्ने छ। 


विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुने छ। 

महोत्सवमा सहभागि हुन देशका विभिन्न स्थान तथा छिमेक देश भारतबाट आएका लाखौं दर्शनार्थीले जनकपुर खचाखच भरिएको छ । दर्शनार्थी आउने क्रम जारी नै रहेको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  

प्रदेश २ मा आज सार्वजनिक बिदा 
विवाहपञ्चमीको अवसरमा प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि बिदा दिने निर्णय गरेको हो। 

आजको बिदा प्रदेश सरकारको क्यालेण्डमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीको अवसरमा नगरभित्रका शैक्षिक संस्थामा तीनदिनका लागि सार्वजनिक विदा दिएको छ।
 

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%