दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

– २०७८ मंसिर २२

ग्लोबल आर्थिक

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सले भोलि अर्थात मंसिर २३ गते बिहीबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि अनलाईनको माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त घ वर्गको वित्तीय संस्थासँग मर्जर अथवा एक्विजीशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभामा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन पनि गरिनेछ। सो निर्वाचन लघुवित्तको केन्द्रिय कार्यालय, तिलोत्तमामा ३ बजेदेखि भौतिक रुपमा सञ्चालन गरिनेछ।

त्यसैगरी, आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ५ गते, आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर सहित गरी ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, फाइनान्सको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

मंगलबार दोस्रो बजारमा स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ६१९ रुपैयाँ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता ७१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%