यूरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा हालको विश्व फुटबलका दुई चर्चित खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको भिडन्त हुने भएको छ।
आज सार्वजनिक भएको लिगको ड्रअनुसार अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भिड्ने पक्का भएको हो।
अर्जेन्टिनाका स्टार मेस्सी अहिले पीएसजीमा रहेका छन्। उता पोर्चुगिज स्टार रोनाल्डो अहिले युनाइटेडबाट खेलिरहेका छन्।
लिगकाे साविक विजेता इंग्लिस क्लब चेल्सीले भने फ्रेन्च क्लब लिलकाे समना गर्नेछ। लिगको अन्तिम १६ अन्तर्गत पहिलो चरणका खेलहरु १५, १६, २२ र २३ फेब्रुअरीमा हुनेछन्। यस्तै, दोस्रो चरणका खेलहरु ८, ९, १५ र १६ मार्चमा हुनेछन्।