माओवादी अध्यक्षको स्पष्टीकरणले थामिएन सेयर बजार, बचाउमा उत्रिए अर्थमन्त्री

– २०७८ मंसिर २७

ग्लोबल आर्थिक

काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि भारी अंकले घटेको छ । यद्यपि, सोमबारको न्यून बिन्दुभन्दा २१ अंकले माथि बजार बन्द भएको छ । 

सरकार साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार पुँजीबजारलाई साम्राज्यवादको अंश भन्दै ठूला पुँजीपतिहरुले पुँजी एकीकृत गरेको भनेर चर्को आलोचन गरेका थिए । त्यसैको प्रभाव आइतबार र सोमबारको बजार उच्च अंकले घटेको छ । आइतबार करिब ९० अंकले घटेको बजार बन्द हुँदा ८८.७ अंकले घटेर २३६१.२७ बिन्दुमा रोकिएको थियो ।

सोमबार भने कारोबार खुल्दादेखि नै बजार घट्न थालेको थियो । प्रि -पनिङ कारोबारमा सूचक २३५१ मा झरेको थियो । कारोबार खुलेको १० मिनेट २२९२ सम्म बजार आइपुगेको थियो । लगत्तै बजार उठ्न खोजे पनि टिक्न सकेन । निरन्तर घट्दै आइतरबारको तुलनामा करिब १०२ अंकले घटेर २२५९.५१ अंक सम्म झर्यो । 

कारोबारको साढे २ घण्टापछि भने बजारले फेरि सुधारको बाटो लिन खोजे पनि धेरैबेर टिकेन र अन्तिममा ७९.२३ अंकले घटेर २२८२.०१ अंकमा रोकियो । 

खासगरी, मौद्रिक नीति आएपछि भदौ २ गते ३१९९ अंकमा पुगेको नेप्से राष्ट्र बैंकको मौद्रिक नीति पछिको पहिलो निर्देशनले सेयर धितोमा एकल ग्राहक कर्जा सीमा तोक्दै प्रतिवित्तीय संस्था ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा लगाएपछि निरन्तर ओरालो लाग्यो । त्यसअघि २४८१ सम्म पुगेको बजार सूचक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा देखाउँदै २८७८ सम्म पुर्याइएको थियो ।

तर, मौद्रिक समीक्षामा सेयर बजारका प्रवाधानमा कुनै संशोधन नभएपछि बजारले फेरि ओरालो यात्रा ताक्यो । यसमा अर्थमन्त्री जनार्दन शर्माको भनाइले पनि कतिपय बेला बजार प्रभावित भयो । उता शनिबारको अर्थमन्त्री शर्माका पनि नेता दाहालले पुँजीबजार प्रतिनकारात्मक धारणा व्यक्त गरेको भन्दै सूचकमा झन ठूलो दरार पैदा भयो ।

सोमबारको मध्य समयतिर अध्यक्ष दाहालको भनाई साना लगानीकर्ताप्रति केन्द्रीय नभएको भन्ने स्पष्टीकरण आए पनि त्यसले बजारलाई खासै सहयोग गरेन । बरु पुँजीबजारमा ठूला लगानीकर्ताले पुँजी एकीकृत गरेको विषयमा आफू अझै स्पष्ट रहेको भन्ने धारणाले बजार झनै खच्किएको थियो ।

तर, घट्ने एउटा चरणमा रहेको बजारमा विभिन्न व्यक्तिहरुका भनाइ लिखत वा त्यस्तै किसिममा हाउभाउले पनि बजार प्रभावित हुन्छ । सोमबार अर्थमन्त्री शर्माले पनि बिमा समितिको कार्यक्रममा साना लगानीकर्ताको हित रक्षार्थ अर्थमन्त्रालयले काम गरिरहेको बताए पनि लगानीकर्ता अझै आश्वास्त हुन सकेको देखिँदैन । 

पछिल्लो उच्च बिन्दु २८७८ बाट पनि ६२० अंकले बजार सूचक तल झरिसकेकाले आगामी केही दिन बजार केही शिथिल हुन सक्छ । घट्दो बजारमा कारोबार रकम भने बढिरहेको छ । आइतबार पनि गत बिहीबारको तुलनामा बढी कारोबार भएको थियो भने सोमबार पनि आइतबारेको तुलनामा बढी रकम कारोबार भएको छ । 

आइतबार ३ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तर पनि निरन्तर घटिरहेकाले केही दिन सुस्त हुने सम्भावनालाई नकार्न सकिन्न । बजारको आधारभूत पक्षहरुले बजार सूचक एकैपटक निरन्तर घटेको घट्यै वा बढेको बढ्यै गर्दैन । सीधा अर्थभन्दा एउटा विन्दु पछि ब्रेक लिन्छ ।

अबको घटाइमा ब्रेक लिएको रुपमा लिन सकिन्छ । तर, पनि विभिन्न माहोलहरुले बजारलाई ठूलै रफ्तारमा नघटाउला भन्न सकिन्न । सोमबारको कारोबार प्रवृत्ति र नेप्से सूचकले बनाएको ट्रेन्डलाई हेर्दा मंगलबार आइतबार र सोमबारको जसरी बजार नघट्न सक्छ । 

उच्च अंकले बजार घटाउन १८२ कम्पनीले सघाएका छन् । ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घट्दा स्वाबलम्बन लघुवित्तको मूल्य भने झण्डै नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ । उता घटेको बजारमा पनि अन्तिम समयमा गोर्खाज फाइनान्स चमत्कार गरेको छ । यसको मूल्य ९.४७ प्रतिशतले बढेको छ भने अन्य चार कम्पनी र डिबेञ्चर तथा म्युचुअल फन्ड गरी समग्रतामा १२ कम्पनीको मूल्य बढेको छ । सोमबार सबैभन्दा बढी नबिल बैंकको १८ करोड ३ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । 

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%