कोभिड-१९ विरुद्ध खोप नलगाएका कर्मचारीलाई गुगलले जागिरबाट निकाल्ने भएको छ। अनिवार्य खोप अभियानअन्र्तगत खोप नलगाउने आफ्ना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको हो।
सिएनविसीमा प्रकाशित समाचार अनुसार गुगग कम्पनीले आफ्ना कर्मचारीहरुलाई यहि डिसेम्बर ३ भित्रमा कोभिड विरुद्धको खोप लगाउन समयसिमा तोकेको थियो। सो समयावधि भित्र कर्मचारीहरुले खोप लगाइसक्नु पर्ने र खोप लगाइसकेको प्रमाणका लागि पुर्ण विवरण अपलोड गर्न सुचना जारी गरेको थियो।
तर तोकिएको समयावधिभित्र खोप नलगाएका र खोप लगाएको विवरण पेस नगरेका कर्मचारीलाई गुगल कम्पनीले जागिरबाट निकाल्ने तयारी गरेको सिएनविसिमा उल्लेख छ। अमेरिकामा मात्र गुगलमा करिब १ लाख ५० हजार कर्मचारी कार्यरत छन्।