समृद्धि फाइनान्स लिमिटेड (SFCL) ले २ बराबर १ (२:१) अर्थात ५०% हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमाति प्राप्त गरेको छ।
बोर्डले मिति २०७८ मंसिर २९ गते फाइनान्सलाई हाल कायम चुक्ता पूंजी रु.५४ करोड ५९ लाख ४१ हजारको ५०% अर्थात रु.२७ करोड २९ लाख ७० हजार ५ सय बराबर हुन आउने २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो।
फाइनान्सले अब आफ्नो शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न सक्नेछ। यस्तै, शेयर निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
मौद्रिक निति २०७२/७३ ले व्यवस्था गरेको प्रावधान अनुसार राष्ट्रिय स्तरमा कारोबार गर्ने वित्त कम्पनीहरुले न्युनतन रु.८० करोड चुक्ता पूंजी पुर्याउनु पर्ने नियमनकारी बाध्यता भएकोले फाइनान्सले हकप्रद जारी गर्न लागेको हो। हकप्रद निष्काशन पश्च्यात कम्पनीको चुक्त पूंजी रु.८१ करोड ८९ लाख ११ हजार ५ सय पुग्नेछ जुन राष्ट्र बैंकले व्यवस्था गरेको न्युनतम पूंजी भन्दा माथि हुनेछ।