भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध बिगार्न धेरै शक्तिकेन्द्रहरू लागिरहेका आरोप लगाएका छन्। उनले ती शक्तिहरूलाई भारत सरकारले सफल हुन नदिने दाबी गरे।
‘‘नेपाल र भारतबीच सम्बन्ध बिगार्न खोज्ने शक्तिहरू छन्। सरकारको प्रतिनिधिका रूपमा भन्न चाहन्छु ‘यदि हामीले शीर झुकाउनुपर्छ भने म त्यो गर्नेछु, तर छिमेकी नेपालसँग सम्बन्ध बिग्रन दिनेछैन,’’ देहरादूनमा आयोजित शहीद यात्रा सम्मान कार्यक्रममा उनले भने। प्रमुख अतिथि सिंहले सैनिक धामको शिलान्याससमेत गरे।