नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम “क”, “ख”, “ग” वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले “क” वर्गका वाणिज्य बैंकमा रु.२२.४६ करोड, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४.२० करोड र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१.४० करोड गरी कुल रु.२८.०६ करोड, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो।
इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ पौष १८ गते २:०० बजेभित्र [email protected] मा प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आव्हान गरिएको छ। लगानी अवधि मिति २०७८ माघ २ गतेबाट सुरु भई २०७९ माघ १ गते समाप्त हुने छ।
शर्तहरु:
क) बैंकबाट तोकिएको न्यूनतम पूंजीकोष कायम रहेको,
ख) निष्कृय कर्जा (NPA) कुल कर्जा सापटीको ५% भन्दा कम रहेको,
ग) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २०% वा सो भन्दा बढी रहेको,
घ) आ. व. २०७७/७८ मा संचालन मुनाफामा (व्यवस्था पछिको) रहेको,
ङ) रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको,
च) बैंक तथा वित्तिय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको,
अन्य शर्तहरु